सर्वोच्च अदालतमा सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा सुनुवाई आज

Machchapuchchre

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्नि सापकोटाविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । सोमबारदेखि शुरु भएको बहस नसकिएपछि आज सुनुवाई हुन लागेको हो । सर्वोच्च अदालतमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दिएको रिटमा आज बहस सकिएर सुनुवाई हुनेछ ।

वरिष्ठ अधिवक्ता त्रिपाठीका अनुसार सोमबार दिनभर बहस भए पनि नसकिएकाले आज सुनुवाइ हुनेछ । सभामुखको हैसियतमा सापकोटालाई काम नगर्न/नगराउन माग गर्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले सर्वोच्चमा गत शुक्रबार रिट हालेका हुन ।

नवनिर्वाचित सभामुख सापकोटालाई काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोप छ । उनीविरुद्ध काभ्रे प्रहरीमा समेत उजुरी छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्