एमसीसी सम्झौताविरुद्ध फागुन ७ गते नेपाल बन्द, यस्ता कडा छन् संघर्षका अन्य कार्यक्रम

Machchapuchchre

काठमाडौँ । केपी ओली नेतृत्वको सरकरले अमेरिकासँग गरेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै नेपाल बन्दको आह्वान गरिएको छ । नेपाल सरकार र अमेरिकाबीच भएको उक्त सम्झौता राष्ट्रघाती भएको र सम्झौता कार्यान्वयन भए नेपालीभूमी विदेशी सेनाको सैन्य अखडा हुने भन्दै फागुन ७ गते नेपाल कम्युनिष्ट पार्टी माओवादीले नेपाल बन्दको आयोजना गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादीले नेपाल बन्दको आयोजना गरेको हो ।

शान्तिप्रक्रियापछि तत्कालिन माओवादी नेतृत्वले जनतालाई धोका दिएको र जनयुद्धका बाँकी कार्यभार पूरा गर्ने भन्दै केशवले नेकपा माओवादी पार्टी गठन गरेका हुन् । उनले हालै जनसमुदायलाई सम्बोधन गरेर एक विज्ञप्तिजारी गर्दै नेपाल बन्दको घोषणा गरेका छन् ।

पार्टी अध्यक्ष केशवले माघदेखि चरणबद्ध संघर्षका कार्यक्रम समेत घोषणा गरेका छन् । जसअनुसार माघ १५ गते अन्तरक्रिया कार्यक्रम, माघ १६ सहिद सप्ताह मनाउने र एमसीसीको भण्डाफोर गर्ने, माघ २१ प्रधानमन्त्री र मन्त्रीहरुको पुत्ला दहन गर्ने, माघ २७ गते मशाल जुलुस बताइएको छ ।

त्यसैगरी फागुन १ गते जनयुद्ध दिवस मनाउने र फागुन ७ गते नेपाल बन्द गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै एमसीसीको बिरुद्धमा अन्य साना राजनीतिक दलहरुले समेत संघर्षका कार्यक्रमहरु तय गरेका छन् । मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, गोपाल किराती नेतृत्वको एकीकृत माओवादी केन्द्र, मोहन बिक्रम सिंह नेतृत्वको नेकपा मशाललगायतका अन्य पार्टीहरुले पनि एमसीसी बिरुद्ध विभिन्न संघर्षका कार्यक्रम तय गरेका छन् ।

यस्तै विप्लव नेतृत्वको बिद्रोही नेपाल कम्युनिष्ट पार्टीले पनि एमसीसी बिरुद्ध विभिन्न संघर्षका कार्यकर्म तय गरेको छ । नेकपाले फागुन १ गते देशव्यापीरुपमा जनयुद्ध दिवश बनाउने र त्यस लगत्तै एमसीसी बिरुद्ध चरणबद्ध कडा कार्यक्रम ल्याउने घोषणा गरेको छ । नेकपाले ओली नेतृत्वको सरकारले नेपाललाई अमेरिकी सैन्य अखडा बनाउन दिने एमसीसी सम्झौतामा आँखा चिम्लेर सहमति जनाएर राष्ट्रघात गरेको भन्दै कडा बिरोध जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्