सभामुख सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

Machchapuchchre

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटलाई सोमबार हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीश सपना मल्ल प्रधानको इजलाशमा भएको सुनुवाइ नसकिएपछि मुद्दा मंगलबारका लागि हेर्दाहेर्दैमा राखिएको हो। काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको संलग्नता रहेको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

सापकोटाविरुद्ध सर्वोच्चमा अन्तरिम आदेशको माग गर्दै रिट निवेदन परेपछि आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलाशमा उक्त रिटको पेशी तोकेका थिए । पेशीको पहिलो नम्बरमा रहेको भएपनि सापकोटाविरुद्धको उक्त मुद्दा न्यायाधीश हरिप्रसाद फुयाँलले हेर्न नमिल्ने भएको थियो ।

यसअघि कानुन व्यवसायी रहेकै अवस्थामा सुबोध प्याकुरेल लगायतले सापकोटाविरुद्ध दिएको रिटमा फुयाँलले बहस गरेका थिए । त्यतिबेला फुयाँलले अग्नि सापकोटाविरुद्ध बहस गरेका थिए । रिटमा सापकोटालाई सभामुख पदमा निर्वाचित गर्नबाट रोक्नुका साथै सभामुखको निर्वाचन प्रक्रिया समेत रोक्न माग गरिएको छ । यस्तै सापकोटालाई पक्राउ गरेर अनुसन्धान गर्न र उनलाई पक्राउ नगर्ने प्रहरी अधिकारीलाई समेत कारबाही गर्न माग गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्