एमसीसी तत्काल संसदबाट पास गर्नुपर्छ- देउवा

Machchapuchchre

काठमाडौं । प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकाबाट प्राप्त हुने अनुदानका सन्दर्भमा भएको एमसीसी सम्झौतालाई तत्काल संसदबाट पारित गराउनुपर्ने बताएका छन् ।

नयाँ सभामुख निर्वाचित भएपछि मंगलबार पहिलोपटक बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै देउवाले एमसीसी सम्झौतामार्फत नेपाललाई अहिलेसम्मकै सबैभन्दा ठूलो सहयोग प्राप्त हुन लागेकाले उक्त सम्झौता तत्काल पारित गराउनुपर्ने बताएका हुन् ।

शुसील कोइराला प्रधानमन्त्री हुँदा नै एमसीसी आएको हो, यति ठूलो सहयोग नेपालमा आउनेवाला छ । नेपालको बिजुली भारतमा निर्यात गर्नका लागि अमेरिकाले दिने सहयोग नेपालले किन नलिने,’ सभापति देउवाले भने, ‘तत्काल एमसीसी संसदबाट पारित गर्नुपर्छ। नवनिर्वाचित सभामुख सापकोटालाई बधाई दिँदै कार्यकालभर आफ्नो तर्फबाट पूर्ण सहयोग रहने समेत बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्