संसदमा प्रधानमन्त्रीको सम्बोधन- एमसीसी पास गर्न अविलम्ब भयो

Machchapuchchre

काठमाडौँ । नयाँ सभामुख निर्वाचित भएपछि मंगलबार बसेको प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दैै प्रधानमन्त्री ओलीले संसदको चालू अधिवेशनबाटै एमसीसी सम्झौता पारित गर्नुपर्ने बताएका हुन् । देश विकासको लागि गति बढाएर काम गर्नुपर्ने उल्लेख गरेका प्रधानमन्त्री ओलीले केही काममा विलम्व भएको स्वीकार गरे ।

‘अलिकति विलम्व भएको छ, सभामुख चयनका विषयमा पनि । अब हामीले विलम्व गर्नु हुँदैन । संसद, सरकार सबैले तीव्र गतिमा हाम्रा काम अघि बढाउन जरुरी छ । नत्र हामी पछाडि पर्छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘एमसीसी पारित गर्नु पर्नेछ, जसका सम्धन्बमा सविस्तार पछि भन्नेछु ।’

प्रधानमन्त्री ओलीले नवनिर्वाचित सभामुख अग्नि सापकोटाले नियमसंगत तथा मर्यादित ढंगले संसद चलाउन भूमिका खेल्ने अपेक्षा लिएको पनि बताए । उनले आफ्नो तर्फबाट सभा सञ्चालनमा पूर्ण सहयोग हुने समेत बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्