वीरगन्जमा बुधबारमात्रै दुई कोरोना संक्रमितको मृत्यु

वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचारकोक्रममा बुधबार बिहान ३ बजे मृत्यु भएका ७० वर्षिय वृद्धमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा बुधबार बिहान ३ बजे मृत्यु भएका ७० वर्षिय वृद्धमा पनि कोरोना संक्रमण देखिएको पुष्टि गर्नुभयो । यसअघि नारायणी अस्पताल अन्तर्गतको गण्डक […]

बामदेवलाई भेट्न भैंसेपाटी पुगे प्रधानमन्त्री

अर्थ राजनीति ~   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली छलफलका लागि पार्टी उपाध्यक्ष बामदेव गौतम निवास भैसेपाटी पुग्नुभएको छ । पार्टीभित्र चुलिएको विवाद सल्टाउन ६ बुँदे मध्यमार्गी प्रस्ताव गौतमले सोमबार राख्नुभएपछि थप छलफल गर्न प्रम ओली साँझ ८ बजे गौतम निवास पुग्नुुभएको स्रोतले बताएको छ । आज सोमबार विहान ११ […]

सुनील थापासहित २१ जनाको समूह कांग्रेस प्रवेश, थापाले के भने ?

अर्थ राजनीति ~  राप्रपा परित्याग गरेका सुनीलबहादुर थापा एघार केन्द्रीय सदस्यसहित कांग्रेसमा प्रवेश गरेका छन् । आफ्‍नै बाबुलगायतले गठन गरेको पार्टी परित्याग गर्दै उनी मंगलबार कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा नेता थापासहित २१ जनालाई सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका थिए । त्यस क्रममा सभापति देउवा थापा लगायत नयाँ […]

नेपालमा दुई सातायताकै सबैभन्दा बढी सङ्क्रमित आज थपिए, कुल १९ हजार ६३

अर्थ राजनीति ~   नेपालमा कोरोनाभाइरसका ३११ जना नयाँ सङ्क्रमित थपिएका छन् । नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड–१९ का कुल सङ्क्रमितको सङ्ख्या १९ हजार ६३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा करिब पाँच हजार दुई सय जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएकोमा ३११ नयाँ सङ्क्रमितको पुष्टि भएको जनाएको […]

बाढी पहिरोका कारण चार जनाको मृत्यु

अर्थ राजनीति ~  जिल्लाको विभिन्न ठाउँमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ । सोमार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका–२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको छ । घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरोले उहाँहरुलाई पुरेको प्रहरीले जनाएको छ । […]

सुनिल थापासहितका नेता कार्यकर्ता आज कांग्रेस प्रवेश गर्दै

अर्थ राजनीति ~  राप्रपा छाडेका सुनिल थापा र अरू ११ जना नेता आज नेपाली कांग्रेसमा प्रवेश गर्दैछन् । उनीहरूलाई मङ्गलबार दिउँसो तीन बजे पार्टी कार्यालय सानेपामा पार्टी प्रवेशको कार्यक्रम राखिएको छ । कांग्रेसले थापालाई सह-महामन्त्री र अरू ५ जनालाई केन्द्रीय सदस्य दिने तयारी गरेको बुझिएको छ । थापासँगै राप्रपाका ११ केन्द्रीय सदस्यले पार्टी छाडेका हुन् […]

नेकपा स्थायी कमिटी बैठक आज बस्दै, केन्द्रीय समितिको बैठक माग गर्दै हस्ताक्षर सङ्कलन गरिएको दाबि

अर्थ राजनीति ~  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक मङ्गलबार बस्दैछ । पार्टीमा लामो समयदेखि जारी राजनीतिक गतिरोधलाई मूर्त रूप दिन बैठक बस्न लागेको हो । यसैबीच नेकपामा देखिएको आन्तरिक विवाद समाधान गर्न नेताहरूले केन्द्रीय समितिको बैठक माग गर्दै हस्ताक्षर सङ्कलन गरेका छन् । पार्टीको विवाद सचिवालय तथा स्थायी कमिटीले हालसम्म पनि समाधान गर्न […]

मन्त्रिपरिषदको निर्णयः सचिव र एआइजीमा बढुवा देखि राखेप र रेडियो नेपालमा नियुक्ति सम्म

अर्थ राजनीति ~   मन्त्रिपरिषदको आजको बैठकले मधुकुमार मरासिनीलाई सचिवमा बढुवा गरेको छ । रिक्त एक सचिव पदमा मरासिनीलाई नियुक्त गरेको हो । सरकारका एक मन्त्रीका अनुसार डिआइजीद्वय निरजबहादुर शाही र प्रद्युम्न कार्कीलाई एआइजीमा बढुवा गरिएको छ । दुवैजनालाई बढुवाका लागि सिफारिश गरिएको थियो । यसैगरी राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिवमा रमेश सिलवाल नियुक्त गर्ने निर्णय भएको […]

प्रहरीका उच्च पदस्थ कर्मचारीमा पनि कोरोना संक्रमण

अर्थ राजनीति  ~   स्याङ्जामा प्रहरी प्रमुखसहित १८ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ । थप कोरोना भेटिएसँगै जिल्ला प्रहरी कार्यालयमा मात्र २१ जना सुरक्षाकर्मी सङ्क्रमित भएका छन् । साउन ६ गते लेखा र प्रबन्ध शाखामा कार्यरत दुई हवल्दार र एक जवान गरी तीन जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय, ट्राफिक, कारागार, सञ्चारमा कार्यरत […]

कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ४८ पुग्यो

अर्थ राजनीति ~  कोरोना भाइरस (कोभिड–१९) बाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । बाराको फेटा गाउँपालिका ३ का ६० वर्षीय पुरुषको सोमबार त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा मृत्यु भएको हो । उनी निमोनिया, मिर्गौला र मस्‍तिष्कघातसम्बन्धी रोगका विरामी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ […]