मन्त्रिपरिषदको निर्णयः सचिव र एआइजीमा बढुवा देखि राखेप र रेडियो नेपालमा नियुक्ति सम्म

Machchapuchchre

अर्थ राजनीति ~   मन्त्रिपरिषदको आजको बैठकले मधुकुमार मरासिनीलाई सचिवमा बढुवा गरेको छ । रिक्त एक सचिव पदमा मरासिनीलाई नियुक्त गरेको हो ।

सरकारका एक मन्त्रीका अनुसार डिआइजीद्वय निरजबहादुर शाही र प्रद्युम्न कार्कीलाई एआइजीमा बढुवा गरिएको छ । दुवैजनालाई बढुवाका लागि सिफारिश गरिएको थियो ।

यसैगरी राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिवमा रमेश सिलवाल नियुक्त गर्ने निर्णय भएको छ । सिलवाल निवर्तमान सदस्य सचिव हुन् ।
रेडियो नेपालको कार्यकारी निर्देशकमा बद्धिबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्