नेकपा स्थायी कमिटी बैठक आज बस्दै, केन्द्रीय समितिको बैठक माग गर्दै हस्ताक्षर सङ्कलन गरिएको दाबि

Machchapuchchre

अर्थ राजनीति ~  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक मङ्गलबार बस्दैछ । पार्टीमा लामो समयदेखि जारी राजनीतिक गतिरोधलाई मूर्त रूप दिन बैठक बस्न लागेको हो ।
यसैबीच नेकपामा देखिएको आन्तरिक विवाद समाधान गर्न नेताहरूले केन्द्रीय समितिको बैठक माग गर्दै हस्ताक्षर सङ्कलन गरेका छन् । पार्टीको विवाद सचिवालय तथा स्थायी कमिटीले हालसम्म पनि समाधान गर्न नसकेकाले केन्द्रीय समितिको बैठक माग गर्दै हस्ताक्षर सङ्कलन गरिएको केन्द्रीय समितिका सदस्य रामकुमारी झाँक्रीले बताउनुभयो । बैठक बोलाउन चाहिने आवश्यक केन्द्रीय सदस्यको हस्ताक्षर गरिसकेकोे दाबी उहाँले गर्नुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्