कोरोना कहर: झण्डै दुई करोड मानिस संक्रमित, सात लाख १७ हजार बढीको मृत्यु

अर्थ राजनीति ~  विश्वभर एक करोड ९२ लाख ५३ हजार भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ९२ लाख ५३ हजार सात सय ७७ जना पुगेको छ । यस्तै,शुक्रबार विहानसम्म सात लाख १७ हजार ६ सय ६४ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको […]

देशभर एकैसाथ लकडाउन हुदैन: डा. युवराज खतिवडा

अर्थ राजनीति ~  अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले तत्काल देशभर ‘लकडाउन’ नहुने स्पष्ट पार्नुभएको छ । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री डा. खतिवडाले बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नेक्रममा देशभर एकैसाथ लकडाउन गर्ने मनस्थितिमा सरकार नरहेको बताउनुभएको हो । उहाँले त्रसित भएर पूर्णरुपमा यसअघिजस्तै लकडाउन हुन्छ भन्ने मनस्थिति कसैलेपनि नबनाउन आग्रह गर्नुभयो । मन्त्री […]

काठमाडौं उपत्यकामा ८७ सहित ३६० जना कोरोना संक्रमित थपिए

अर्थ राजनीति ~  कोरोना भाइरसका ३६०  जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २१ हजार ७५० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे दैनिक प्रेस ब्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गाैतमले जानकारी दिनुभयाे । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ६२२  जनाको स्वाब परीक्षण गरिएको छ । हाल नाै हजार  ४७० […]

बिहिबारदेखि सवारीमा पुन जोर विजोर प्रणाली लागू, बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी अवागमन बन्द

अर्थ राजनीति ~  लकडाउन (बन्दाबन्दी) खुकुलो भएसँगै मुलुकभर कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै सरकारले बिहीबार देखि पुन जोरविजोर नम्बरका आधारमा यातायातका साधन चल्न दिने भएको छ । काठमाडौं उपत्यका र कोभिड–१९ को २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा अत्यावश्यक सेवाबाहेका सार्वजनिक र निजी सवारी साधन जोर बिजोर नम्बरका आधारमा चल्ने गृह मन्त्रालयले जनाएको छ […]

प्रधानमन्त्रीओलीको आरोप : नागरिकले टेरेनन्

अर्थ राजनीति ~    प्रधानमन्त्री निवास बालुवाटारमा कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि विज्ञ र विपक्षी दलका नेताहरुसँग सुझाव लिनेक्रममा प्रधानमन्त्री ओलीले सरकारको प्रयासले मात्रै कोरोनालाई परास्त गर्न नसकिने तथ्य बुझ्न आग्रह गर्नुभएको हो । प्रधानमन्त्री ओलीले सरकारले २५ जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला नहुन भने पनि नागरिकले नै बेवास्ता गरेको भन्दै असन्तुष्टि जनाउनुभयो […]

प्रधानमन्त्रीलाई विज्ञको सुझाव : लकडाउन गरौं, आवश्यक परे कर्फ्यूसमेत लगाऊँ

अर्थ राजनीति ~  मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको जनस्वास्थ्य क्षेत्रका विज्ञहरूको भाइरसको प्रकोप बढ्दै गएकाले लकडाउन गर्न सुझाव दिएका छन्। ‘छलफलमा सहभागी धेरै विज्ञहरूले लकडाउन गर्नुपर्ने धारणा राख्नुभएको छ। लकडाउन नगरेमा थप भयावह हुन सक्ने उहाँहरूको चेतावनी छ, वीरगञ्ज काठमाडौं लगायतका ठाउँहरूमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको सन्दर्भमा प्रधानमन्त्री ओलीले विज्ञहरूसँग छलफल गरेका हुन्। छलफलमा […]

कोरोना नियन्त्रणका लागि कस्तो कदम चाल्ने भन्ने बारेमा प्रधानमन्त्री ओलीले आज विज्ञहरुसँग छलफल गर्दै

अर्थ राजनीति ~  आज बिहान ११ बजे प्रधानमन्त्री ओलीले संक्रमण नियन्त्रणको उपायबारे विज्ञहरुसँग छलफल गर्न लाग्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । विज्ञहरुले लकडाउन वा अन्य विकल्प नअपनाए भयावह अबस्था आउने चेतावनी दिइरहेका छन् । आवश्यक सतर्कता नअपनाएर लकडाउन खोलेको भन्दै सरकारको आलोचनासमेत भईरहेको छ । प्रधानमन्त्री ओलीले लकडाउन खोल्नु अघि पनि विज्ञहरुसंग परामर्श […]

लघुबित्तको ब्याजदर अब उल्लेख्य मात्रामा घट्छ : डा. प्रकाश कुमार श्रेष्ठ, नेपाल रास्ट्र बैंक (भीडियो)

अर्थ राजनीति ~ नेपाल रास्ट्र बैंकका कार्यकारी निर्देशक डा.प्रकाश कुमार श्रेष्ठले यसपाली  क्रान्तिकारी मौद्रिक नीति आएको बताउदै ठुलो मात्रामा सस्तो दरमा पुनर्कर्जाको ब्यबस्था गरिएको ले आगामीदिनमा लघुवित्तको ब्याजदर  उल्लेखीय रुपमा घट्ने दाबि गर्नु भएको छ, र मर्जरलाइ बिशेस प्राथमिकतामा राखिएको समेत उल्लेख गर्नु भएको छ ׀  ‘मर्जर पनि भन्ने अनि लाइसन्स पनि निरन्तर बाँडी रहने’ […]

बालकोटमा ओलीको ठट्टा : प्रचण्डसँग जेरीजस्तै गुलियो ‘मिटिङ’ भयो ! अब साढे २ वर्षपछिमात्र बालकोट फर्किन्छु

अर्थ राजनीति ~ पार्टीका शीर्ष तहका सबैजसो नेता, सचिवलाय, स्थायी कमिटी र केन्द्रीय कमिटीसमेतका नेताले पद त्याग्न दबाब दिइरहेका बेला प्रधानमन्त्री केपी ओलीले अढाई वर्ष त्यस्तो आश नगर्न सन्देश दिनुभएको छ । सोमबार अचानक भक्तपुरको बालकोटस्थित आफ्नै निवास पुग्नुभएका प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीले आफू अढाई वर्षपछि स्थायी रुपमा बस्ने […]

काठमाडौं उपत्यकामा ५१ सहित ४१८ जना कोरोना संक्रमित थपिए

अर्थ राजनीति ~  कोरोनाभाइरसका ४१८ जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको संख्या २० हजार ७५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा नेपालमा पाँच हजार ७३२ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सात हजार […]