काठमाडौं उपत्यकामा ५१ सहित ४१८ जना कोरोना संक्रमित थपिए

Machchapuchchre

अर्थ राजनीति ~  कोरोनाभाइरसका ४१८ जना नयाँ सङ्क्रमित थपिएका छन् । यससँगै नेपालमा कुल सङ्क्रमितको संख्या २० हजार ७५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा नेपालमा पाँच हजार ७३२ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सात हजार ६३७ जनाको स्वाब परीक्षण गरिएको छ । हालसम्म तीन लाख ९८ हजार ९०७ जनाको आर टी पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । हाल दश हजार ४५२ जना क्वारेन्टिनमा छन् ।
मन्त्रालयका प्रवक्ता डा. गौतमले पछिल्लो चौबीस घण्टामा ३५८ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यो सँगै हालसम्म १४ हजार ९६१ जना सङ्क्रमित कोरोनामुक्त भइसकेका छन् ।
कोरोना सङ्क्रमणबाट ५७ जनाको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा सङ्क्रमणबाट मृत्युको घटना दत्र्ता गरिएको छैन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्