प्रदेश १ का मुख्य न्यायाधिवक्तासहित परिवारका तीन सदस्यमा कोरोना पुष्टि

Machchapuchchre

प्रदेश १ का मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यसहित परिवारका तीन सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ। विराटनगर महानगरपालिका–५ स्थायी ठेगाना भएका मुख्य न्यायायाधिवक्ता आचार्यसहित परिवारका तीनजना सदस्यमा कोरोना पोजेटिभ देखिएको हो। आचार्यको परिवारका सदस्यहरुको हिजो आइतबार कोरोना जाँच गरिएको थियो। जसमा आचार्यसहित तीनजनाको रिपोर्ट पोजेटिभ भएको हो। तीनैजनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी भइरहेको बताइएको छ।

आचार्य विराटनगर बाहिर गएको देखिँदैन। उनलाई दुई साताअघि सामान्य ज्वरो आएको थियो। सिटामोल खाएर उनी ठिक भएका थिए। त्यसयता उनी घरमै सेल्फ आइसोलेसनमा बसेका थिए।

आचार्यलाई कहाँबाट संक्रमण भयो भन्ने खुलेको छैन। दुई साता अघिसम्म उनी नियमित रुपमा कार्यालयको काम र बैठकहरुमा सहभागी थिए।

पारिवारिक स्रोतका अनुसार आचार्यसहित तीनैजनाको अवस्था सामान्य छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्