कोरोना नियन्त्रणका लागि कस्तो कदम चाल्ने भन्ने बारेमा प्रधानमन्त्री ओलीले आज विज्ञहरुसँग छलफल गर्दै

Machchapuchchre

अर्थ राजनीति ~  आज बिहान ११ बजे प्रधानमन्त्री ओलीले संक्रमण नियन्त्रणको उपायबारे विज्ञहरुसँग छलफल गर्न लाग्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

विज्ञहरुले लकडाउन वा अन्य विकल्प नअपनाए भयावह अबस्था आउने चेतावनी दिइरहेका छन् । आवश्यक सतर्कता नअपनाएर लकडाउन खोलेको भन्दै सरकारको आलोचनासमेत भईरहेको छ ।

प्रधानमन्त्री ओलीले लकडाउन खोल्नु अघि पनि विज्ञहरुसंग परामर्श गर्नुभएको थियो । सरकारले संक्रमण नियन्त्रणका सम्बन्धमा छिट्टै अर्को रणनीति बनाउने तयारी गरिरहेको छ ।

काठमाडौ उपत्यकालगायत देशैभर कोरोनाको संक्रमण बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज जनस्वास्थ्यविद्हरुसंग छलफल गर्न लाग्नु भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्