गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका छैन- भारतको विदेश मन्त्रालय

अर्थ राजनीति ~  भारत सरकारले गौतम बुद्धका बारेमा भएको गलत टिप्पणी सच्याएको छ । नेपालमा जन्मिएको बुद्धका बारेमा अनर्गल बोलिएको भन्दै नेपाल लगायत बौद्ध धर्मावलम्बीले समेत विरोध जनाए लगत्तै भारतले आफ्नो टिप्पणी सच्याएको हो । भारतका विदेश मन्त्री एस जयशंकरले शनिबार एक भर्चुअल कार्यक्रममा दिनुभएको गलत टिप्पणीलाई सरकारका तर्फबाट भारतीय विदेश मन्त्रालयले सच्याउनु परेको हो […]

मनसुन पुन सक्रिय: तीन दिन हल्का, मध्यमदेखि ठूलो वर्षा हुने

अर्थ राजनीति ~   वर्षा गराउने न्यूनचापीय रेखा पुनः नेपाल नजिक आउने भएको छ । विगत एक साता नेपालबाट दक्षिणतिर न्यूनचापीय रेखा कायम रहेको थियो । त्यो रेखा नेपालतिर आउँदै गर्दा पुनः नेपालमा मनसुनी गतिविधि बढ्ने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार न्यूनचापीय रेखा उत्तरतर्फ सर्दैछ । त्यसपछि नेपाल नजिक आइपुग्नेछ । त्यसैका कारण शनिबारदेखि […]

उपत्यकामा आजदेखि ‘सटडाउन’ : के खुल्ने, के बन्द हुने ? (बिज्ञप्ति सहित)

अर्थ राजनीति ~  कोरोना भाइरसको महामारी फैलिइरहेका बेला काठमाडौं उपत्यका जोखिम कम गर्नका लागि १५ दिनका लागि सट डाउन हुने भएको छ । आइतबार देखि लागु हुनेगरी सट डाउनको निर्णय भएको हो । गत शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु र उद्योग वाणिज्य संघ, सुरक्षा निकायका प्रमुख तथा स्वास्थ्य कार्यालयका प्रमुखसहितको बैठकले सट डाउनको […]

माडीका जनप्रतिनिधिसँग प्रधानमन्त्री ओलीले भने, ‘राम-सीता र लक्ष्मणको विशाल मूर्ति स्थापना गर्नुस् र माडी नगरपालिकाको नाम परिर्वतन गरेर अयोध्यापुरी राख्न समेत सुझाब

अर्थ राजनीति ~  प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्रीरामको जन्मभूमि नेपाल नै भएको ठोकुवा गर्दै अध्योध्याधामको मास्टर प्लान बनाउन माडी (चितवन) का जनप्रतिनिधिहरुलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले टेलिफोन गरेर बोलाएपछि माडी नगरपालिकाका जनप्रतिनिधिहरु शनिबार साँझ बालुवाटार पुगेका थिए । झण्डै दुई घण्टा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले लामो व्याख्या गर्दै रामको जन्मभूमि माडीको […]

उपत्यका उच्च जोखिममा: आइतबारदेखि दुई हप्ताका लागि अत्यावश्यक सेवा मात्र सञ्चालन गरिने

अर्थ राजनीति ~  पछिल्ला केही दिनदेखि काठमाडौँ उपत्यकामा कोरोना भाइरस सङ्क्रमित दैनिक बढिरहेको छ । गत चैत ११ देखि देश पूरै लकडाउन गरी १२० दिनपछि खुलेसँगै सङ्क्रमण दैनिक रुपमा बढिरहेको हो। मानिसको भीडभाड र जमघट गरी बस्ने बानी पुरानै शैलीमा फर्किएको देखिन्छ । यसरी बस्दा सामान्य सावधानी अपनाएको पाइँदैन । कतिले त सामान्य मास्क पनि […]

थप ३७८ मा सङ्क्रमणको पुष्टि, मृतकको संख्या ७३

अर्थ राजनीति ~  कोरोनाभाइरसका ३७८ जना नयाँ सङ्क्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल सङ्क्रमितको संख्या २२ हजार ५९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा ४९९ जना कोरोनामुक्त भएर घर फर्केका जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जोगश्वर गौतमका अनुसार […]

प्रधानमन्त्रीद्वारा अयोध्यापुरीसम्बन्धी चासो, माडी नगरपालिका प्रमुख सहितको टोली प्रधानमन्त्रीलाई भेट्न काठमाडौँ जाँदै

अर्थ राजनिती ~  प्रधानमन्त्री ओलीले शुक्रबार चितवनको माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न अनुरोध गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा थप अध्ययन गर्न आग्रह गरेका छन् ।प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सुवेदीले भने, ‘त्यहाँ के कस्ता संरचना छन्, केके बनाउनुभएको छ । भारतमा भएको अयोध्याका विषयमा त्यहाँका […]

भारत विमान दुर्घटना: विमान दुई टुक्रा कम्तीमा १८ जनाको मृत्यु भएको पुष्टि

अर्थ राजनीति ~ दक्षिण भारतको केरला राज्यको एउटा विमानस्थलमा एअर इन्डिया एक्सप्रेसको एउटा यात्रुवाहक दुर्घटनामा पर्दा अहिलेसम्म कम्तीमा १८ जनाको मृत्यु भएको पुष्टि भएको छ। संयुक्त अरब इमिरेट्सको दुबईबाट भारतीय नागरिकहरूलाई लिएर आएको उक्त विमान क्यालिटकमा शुक्रवार साँझ अवतरणका क्रममा दुर्घटनाग्रस्त हुँदा दुई टुक्रा भएको अधिकारीहरूले बताएका छन्। विमानमा चालक दलका छ सदस्य र १८४ […]

उपत्यकामा १०६सहित ४६४ सङ्क्रमित, कुल २२ हजार २१४

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ । पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएसंगै मृतकको संख्या ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनु भयो । मृतकमा पर्साका ३ जना तथा सिरहा र सर्लाहीका एक एक जना हुन् । पर्साका ४५ वर्षीय, ५७ वर्षीय र ७९ वर्षीय तथा सिराहाका […]

नेपाल राष्ट्र बैंक: रिभर्स रिपोमार्फत फेरि २० अर्ब रूपियाँ तान्दै

अर्थ राजनीति ~ नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीमा तरलता थुप्रिँदै गएपछि साउन दोस्रो सातायताको अवधिमा दुईपटक गरी ४० अर्ब रुपियाँ खिच्दै छ । रिभर्स रिपोमार्फत एक साता अगाडि बैङ्कहरूबाट २० अर्ब रुपियाँ खिचिसकेको राष्ट्र बैङ्कले फेरि २० अर्ब रुपियाँ रकम खिच्न लागेको हो । सात दिन अवधि रहने रिभर्स रिपोमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका […]