उपत्यकामा आजदेखि ‘सटडाउन’ : के खुल्ने, के बन्द हुने ? (बिज्ञप्ति सहित)

Machchapuchchre

अर्थ राजनीति ~  कोरोना भाइरसको महामारी फैलिइरहेका बेला काठमाडौं उपत्यका जोखिम कम गर्नका लागि १५ दिनका लागि सट डाउन हुने भएको छ ।

आइतबार देखि लागु हुनेगरी सट डाउनको निर्णय भएको हो । गत शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु र उद्योग वाणिज्य संघ, सुरक्षा निकायका प्रमुख तथा स्वास्थ्य कार्यालयका प्रमुखसहितको बैठकले सट डाउनको निर्णय गरेको हो ।  सटडाउन अवधिभरमा जिल्ला प्रशासन कार्यलयबाट हुने केही विशेष कामबाहेकका सेवा बन्द हुने छ । जिल्ला प्रशासन कार्यलयबाट सार्वजनिक मुद्दा, पास वितरण र शान्ति सुरक्षाको काममात्रै हुने बताइएको छ ।

काठमाडौं उपत्यकामा सरकारी कार्यालय, सुरक्षा निकाय तथा बैंकका कर्मचारीहरुमा संक्रमण बढ्दै गएको छ । संक्रमणको दर बढेको र त्यसमा पनि सरकारी कार्यालयहरुमा बढी देखिन थालेपछि यस्तो सरकारले उच्च सुरक्षा सतर्कता अपनाउन भनेको छ ।

सरकारी कार्यालयबाट हुने अत्यावश्यक बाहेकका सेवा बन्द रहने छन्, भने आंशिक कार्यलय खोलेर अत्यावश्यक सेवाहरु दिने निर्णय भएको हो ।

सट डाउन भित्र भिडभाड कम गराउने, स्वास्थ्य सुरक्षाको मापदण्डलाई कडाइका साथ पालना गराउने कार्यलयहरुमा कम आवतजावत गर्नका लागि आग्रह गरिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्