देशभर एकैसाथ लकडाउन हुदैन: डा. युवराज खतिवडा

Machchapuchchre

अर्थ राजनीति ~  अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले तत्काल देशभर ‘लकडाउन’ नहुने स्पष्ट पार्नुभएको छ ।

सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री डा. खतिवडाले बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नेक्रममा देशभर एकैसाथ लकडाउन गर्ने मनस्थितिमा सरकार नरहेको बताउनुभएको हो ।

उहाँले त्रसित भएर पूर्णरुपमा यसअघिजस्तै लकडाउन हुन्छ भन्ने मनस्थिति कसैलेपनि नबनाउन आग्रह गर्नुभयो ।

मन्त्री डा. खतिवडाले अहिलेपनि दुई दर्जनभन्दा बढी स्थानीय तहहरुमा लकडाउन गरिएको उल्लेख गर्दै संक्रमणको जोखिम भएका ठाउँमा मात्रै लकडाउन हुने बताउनुभयो ।

उहाँले कोरोना संक्रमणको जोखिम कम गर्न कडाइ गर्ने र आर्थिक गतिविधि सञ्चालन गर्न खुकुलो गर्नेगरी बीचको बाटो अपनाउने बताउनुभयो ।

यद्यपि, संक्रमणको जोखिम हेरेर ठाउँ–ठाउँहरूमा भने लकडाउन गर्न सकिने उहाँको भनाइ छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्