विप्लव समूहका ३ जना जिल्ला नेता बाँकेमा पक्राउ

अर्थ राजनीति ~ नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका ३ जना जिल्ललास्तरीय नेता बाँकेमा पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा कालीकोटको नरहरीनाथ गाउँपालिका-६ का २६ वर्षीय भरत विक, सानीत्रिवेणी गाउँपालिका-९ का ३० वर्षीय रामबहादुर तिरुवा र अछामको कमलबजार नगरपालिका-६ का २६ वर्षीय डिम्बरबहादुर शाही रहेका छन् । विक र तिरुवा बाँके जिल्ला सदस्य हुने भने […]

श्रीमतीको हत्या अभियोगमा धरान उपमहानगरपालिका–१५ बस्ने ४२ वर्षीय गोपाल मगर पक्राउ

अर्थ राजनीति ~सुनसरीमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा मंगलबार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेका  छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१५ बस्ने ४२ वर्षीय गोपाल मगर रहेका प्रहरीले जनाएको छ । गोपालले आफ्नै श्रीमती ३२ वर्षीया छाया थापा मगरको कुटपिट गरी हत्या गरेको प्रहरीले बताएको  छ । गोपालको कुटपिटबाट गम्भीर घाइते भएकी छायाको धरान घोपा अस्पतालमा […]

अर्थमन्त्री बिष्णु पौडेल र भारतीय राजदूत विनय मोहन क्वात्रा बीच भेट वार्ता

अर्थ राजनीति ~ अर्थमन्त्री बिष्णु पौडेलसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा बीच भेट वार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पौडेलले नेपालको विकासका लागि भारत सरकारले गरेको  सहयोगका लागि धन्यवाद ज्ञापन गरेका छन् । भेटमा अर्थमन्त्री पौडेल र राजदूतबीच द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानी, कोभिड १९ को महामारी नियन्त्रणजस्ता विषयमा […]

भारतीयलाई नागरिकता दिन सिफारिस गर्ने वडाध्यक्ष गणेशप्रसाद जोशीधरौटीमा छुटे

अर्थ राजनीति ~ भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष धरौटीमा छुटेका छन् ।२०७५ साल फागुन २० गते भारतीय नागरिक अलियास अन्सारीलाई नेपाली नागरिकता बनाउन सिफारिस गरेका भन्दै प्रहरीले बिहिबार वडाध्यक्ष  गणेशप्रसाद जोशीलाई प्रकाउ गरेको थियो । उनीसँगै पक्राउ परेका भारतीय नागरिक अन्सारीलाई कारागार चलान गरिएको छ । कैलाली धनगढी उपमहानगरपालिका वडानम्बर १२ का […]

सूर्यबहादुर केसीको निधनको शोकमा ३ दिन पार्टीको झण्डा आधा झुकाउने कांग्रेसको निर्णय

अर्थ राजनीति ~ कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले केसीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । नेपाली कांग्रेसले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको मृत्युको  शोकमा पार्टीको झण्डा आधा झुकाउने भएको छ । पोखरा महानगरपालिका-७, कास्कीका केसीको सोमबार राति निधन भएको थियो ।   नेपाली कांग्रेशले  १८, १९ र २० गते पार्टीको […]

पूर्वसभामुख महराकी पत्नीको कोरोना संक्रमणबाट बुधबार बिहान मृत्यु

अर्थ राजनीति ~ पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको मृत्यु  भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान उनको निधन भएको छ ।  दशैंमा पुख्र्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको उनलाई  शरीरमा अक्सिजनको मात्रा एक्कासी घटेपछि र निमोनिया पनि देखिएपछि […]

पछिल्लो २४ घन्टामा ३११४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि

अर्थ  राजनीति ~ पछिल्लो २४ घण्टामा ३११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६६ जनामा गरिएको परीक्षणमा १८६७ पुरुष र १२४७ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ । पछिल्लो २४ […]

पछिल्लो २४ घन्टामा कोरोनोरना संक्रमणबाट २७ जनाको मृत्यु

अर्थ राजनीति ~ पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण थप २७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानाएको  छ । काठमाडौंका ६ जना, सुनसरीका ५ जना, कास्कीका ४ जना, सप्तरीका ३ जना, मोरङ र बागलुङका २/२ जना, उदयपुर, सिरहा, भक्तपुर, तनहुँ र दाङका १/१ जनाको मृत्यु भएको छ  ।

सरकारले तिन दिन भित्रमा माग्यो स्थानीय तहका रिक्त पदाधिकारीको नाम

अर्थ राजनीति ~ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा रिक्त पदाधिकारीको नाम पठाउन सबै जिल्ला समन्वय समिति (जिसस)लाई निर्देशन दिएको छ । मन्त्रालयले सबैलाई सोमबार पत्र लेख्दै तीन दिनभित्र जिससलाई रिक्त पदाधिकारीको नाम पठाउन निर्देशन दिएको मन्त्रालयका शाखा अधिकृत बन्दना कर्णले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । मन्त्रालयले रिक्त रहेको पद, रिक्त […]

धनुषाका सीडीओलाई कोरोना संक्रमण पुष्टि

अर्थ राजनीति ~ धनुषाका प्रमुख जिल्ला अधिकारी  प्रेमप्रसाद भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना परीक्षणका लागि सीडीओ भट्टराईले शनिबार स्वाब जाच गर्न दिएका थिए । आइतबार उनको  रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएपनि आफूमा त्यस्तो कुनै लक्षण नरहेको भट्टराईले बताए । कोरोना पोजेटिभ देखिएपछि भट्टराई अहिले होम आइसोलेसनमा बसेका छन् ।