पूर्वसभामुख महराकी पत्नीको कोरोना संक्रमणबाट बुधबार बिहान मृत्यु

Machchapuchchre

अर्थ राजनीति ~ पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको मृत्यु  भएको छ । काठमाडौंको नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान उनको निधन भएको छ ।  दशैंमा पुख्र्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको उनलाई  शरीरमा अक्सिजनको मात्रा एक्कासी घटेपछि र निमोनिया पनि देखिएपछि उनलाई १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । नर्भिक अस्पतालमा पीसीआर टेष्ट गर्दा उनमा कोरोना पोजेटिभसमेत देखिएको थियो । १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार आज बिहान  निधन भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्