सूर्यबहादुर केसीको निधनको शोकमा ३ दिन पार्टीको झण्डा आधा झुकाउने कांग्रेसको निर्णय

Machchapuchchre

अर्थ राजनीति ~ कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले केसीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । नेपाली कांग्रेसले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको मृत्युको  शोकमा पार्टीको झण्डा आधा झुकाउने भएको छ । पोखरा महानगरपालिका-७, कास्कीका केसीको सोमबार राति निधन भएको थियो ।   नेपाली कांग्रेशले  १८, १९ र २० गते पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने, १९ गते कार्यालहरु बन्द गर्ने र १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्