पछिल्लो २४ घन्टामा ३११४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि

Machchapuchchre

अर्थ  राजनीति ~ पछिल्लो २४ घण्टामा ३११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६६ जनामा गरिएको परीक्षणमा १८६७ पुरुष र १२४७ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ । पछिल्लो २४ घण्टामा ३१४२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ४१ हजार १३४ पुगेको छ ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्