श्रीमतीको हत्या अभियोगमा धरान उपमहानगरपालिका–१५ बस्ने ४२ वर्षीय गोपाल मगर पक्राउ

Machchapuchchre

अर्थ राजनीति ~सुनसरीमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा मंगलबार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेका  छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१५ बस्ने ४२ वर्षीय गोपाल मगर रहेका प्रहरीले जनाएको छ । गोपालले आफ्नै श्रीमती ३२ वर्षीया छाया थापा मगरको कुटपिट गरी हत्या गरेको प्रहरीले बताएको  छ । गोपालको कुटपिटबाट गम्भीर घाइते भएकी छायाको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्