अर्थमन्त्री बिष्णु पौडेल र भारतीय राजदूत विनय मोहन क्वात्रा बीच भेट वार्ता

Machchapuchchre

अर्थ राजनीति ~ अर्थमन्त्री बिष्णु पौडेलसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा बीच भेट वार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पौडेलले नेपालको विकासका लागि भारत सरकारले गरेको  सहयोगका लागि धन्यवाद ज्ञापन गरेका छन् । भेटमा अर्थमन्त्री पौडेल र राजदूतबीच द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानी, कोभिड १९ को महामारी नियन्त्रणजस्ता विषयमा छलफल भएको अर्थमन्त्रीले जानकारी गराएका छन । कोभिडविरुद्ध नेपाल सरकारले गरेको काम  जानकारी गराउँदै अर्थमन्त्रीले यसविरुद्ध सहकार्यको आवश्यकता रहेको बताएका छन । भेटमा राजदूत क्वात्राले अर्थमन्त्रीलाई बधाई दिएका छन् । उनले अर्थमन्त्रीलाई सफल कार्यकालको शुभकामना समेत दिएका छन  । उनले नेपाल र भारतबीच धेरै पुराना सम्बन्ध रहेको बताउँदै भारत सरकारले नेपालसँग सहकार्य गर्दै आगामी दिनमा सहयोगलाई निरन्तरता दिने बताएको अर्थ मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्