क्रिकेटर सन्दिप लामिछानेको सप्रश्वासमा समस्या आएपछि हृयाम्स अस्पतालमा भर्ना

अर्थ राजनीति ~ क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि उनि होम आइसोलेनसमा बसेका थिए ।  होम आइसोलेनसमा बसेका लामिछानेको सप्रश्वासमा समस्या आएपछि हृयाम्स अस्पताल भर्ना भएका छन । अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य रहेको छ ।

नाइजेरियामा आतंकवादी समूह बोको हरामले ११० जनाको घाँटी रेटेर हत्या

अर्थ राजनीति ~  नाइजेरियामा इस्लामिक स्टेट आतंकवादी समूह बोको हरामले ११० जनाको निर्मम हत्या गरेको छ । सो समूहले खेतमा काम गरिरहेकाहरुलाई नियन्त्रणमा लिएर हातखुट्टा बाँधी घाँटी रेटेर हत्या गरेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले बताएका  छन् । पूर्वोत्तर नाइजेरियाको मैदुगुरी शहर नजिकको गाउँलाई बोको हरामले निशाना बनाएको हो । घटनास्थलमा सुरुमा ४३ शव फेला परेका थिए […]

भट्टराई पोखरा पर्यटन परिषदको अधयक्षमा निर्वाचित

अर्थ राजनीति ~ पोखरा पर्यटन परिषदले  शुक्रबार भएको ११ औं अधिवेशनले गोपी भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।परिषदको उपाध्यक्षमा पोमनारायण श्रेष्ठ, महासचिवमा रामचन्द्र शर्मा, सचिवमा तारानाथ पहारी र कोषाध्यक्षमा कृष्ण काˆले चयन भएका छन् । सदस्यमा लक्ष्मण सुवेदी र शोभाकान्त पौडेल चयन भए । बाँकी २ सदस्य कार्यसमितिको बैठकले चयन गर्ने प्रावधान […]

मकवानपुरमा प्रहरीले २२ किलो गाँजाको धुलो बरामद

अर्थ राजनीति ~ मकवानपुरमा प्रहरीले २२ किलो गाँजाको धुलो बरामद गरेको छ । मकवानपुरको राक्सीराङ गाउँपालिका-३ औलेडाँडा स्थित प्रहरी चौकीबाट खटिएको टोलीले चरेश बनाउनका लागि तयार गरिएको गाँजाको धुलो बरामद गरेको छ । दुईजना व्यक्तिले प्रहरीलाई देखेपछि झोला छोडेर जङ्गलतिर भागेपछि झोला खोल्दा गाँजाको धुलो फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । […]

चन्द्र ढकाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी

अर्थ राजनीति ~ नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् । शनिवार भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै उनी वरिष्ठ उपाध्यक्षमा विजयी भएका छन । योसँगै  उनि निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको २० औं अध्यक्ष बन्ने निश्चित भएको छ । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष ढकालले शेखर […]

नेपाली कांग्रेस इकाइ सभापति उज्ज्वल कोइरालाको मृत्यु

अर्थ राजनीति ~ काठमाडौं महानगरपालिका वडा नं. ३१ का नेपाली कांग्रेस इकाइ सभापति उज्ज्वल कोइरालाको मृत्यु भएको छ ।  कोइराला सुगर सम्बन्धी समस्याबाट पीडित थिए । उनको शनिबार बिहान सिभिल अस्पतालमा मृत्यु  भएको छ । कोइरालालाई कोरोना संक्रमण पनि भएको थियो तर उनी कोरोना संक्रमणमुक्त भएको तीन साताभन्दा बढी भइसकेको थियो । बिहानपख स्वास्थ्यमा अलि […]

पछिल्लो २४ घण्टामा एक हजार ३८० जनामा कोरोना भाइरसको संक्रमण 

अर्थ राजनीति ~ पछिल्लो २४ घण्टामा एक हजार ३८० जनामा कोरोना भाइरस संक्रमण  पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशैभर ९ हजार ३६८ नमुना परीक्षण भएकोमा ८३४ जना पुरुष र ५४६ गरी एक हजार ३६८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ५१५ जना डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा थप १६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

अर्थ राजनीति ~ पछिल्लो २४ घण्टामा थप १६१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकों  छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९४९१ जनाको परीक्षण हुँदा १६१४ जनामा कोरोना संक्रमण पुष्टि भएका छन । अहिलेसम्म  कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० रहेको छ । नेपालमा हाल कोरोना भाइरसको सक्रिय […]

पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण  १६ जनाको मृत्यु

अर्थ राजनीति ~ पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण  १६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  छ । काठमाडौंका ४, ललितपुरका ३, मोरङ र कास्कीका २/२, काभ्रेपलाञ्चोक, मकवानपुर, लमजुङ, रुपन्देही र दाङका १/१ जनाको मृत्यु भएको सम्बन्धित अस्पताल र प्रदेशका सामाजिक विकास मन्त्रालयहरुले जानकारी दिएका छन् ।

सगरमाथाको नयाँ उचाइ घोषणा गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको

अर्थ राजनीति ~ सगरमाथाको नयाँ उचाइ घोषणा गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाइ घोषणा गर्नका निम्ति भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति दिएको हो ।  भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाई घोषणा गर्नका निम्ति स्वीकृति प्रदान गर्न मन्त्रिपरिषदमा प्रस्ताव पेश गरेकी थिइन् । आर्थिक […]