नेपाली कांग्रेस इकाइ सभापति उज्ज्वल कोइरालाको मृत्यु

Machchapuchchre

अर्थ राजनीति ~ काठमाडौं महानगरपालिका वडा नं. ३१ का नेपाली कांग्रेस इकाइ सभापति उज्ज्वल कोइरालाको मृत्यु भएको छ ।  कोइराला सुगर सम्बन्धी समस्याबाट पीडित थिए । उनको शनिबार बिहान सिभिल अस्पतालमा मृत्यु  भएको छ । कोइरालालाई कोरोना संक्रमण पनि भएको थियो तर उनी कोरोना संक्रमणमुक्त भएको तीन साताभन्दा बढी भइसकेको थियो । बिहानपख स्वास्थ्यमा अलि बढी नै समस्या भएपछि उनलाई  अस्पताल लगिएको थियो र शनिवार बिहान उनको मृत्यु भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्