नाइजेरियामा आतंकवादी समूह बोको हरामले ११० जनाको घाँटी रेटेर हत्या

Machchapuchchre

अर्थ राजनीति ~  नाइजेरियामा इस्लामिक स्टेट आतंकवादी समूह बोको हरामले ११० जनाको निर्मम हत्या गरेको छ । सो समूहले खेतमा काम गरिरहेकाहरुलाई नियन्त्रणमा लिएर हातखुट्टा बाँधी घाँटी रेटेर हत्या गरेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले बताएका  छन् । पूर्वोत्तर नाइजेरियाको मैदुगुरी शहर नजिकको गाउँलाई बोको हरामले निशाना बनाएको हो । घटनास्थलमा सुरुमा ४३ शव फेला परेका थिए । तर पछि थप शव फेला परेर मारिनेहरुको संख्या ११० पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ । उक्त घटना शनिवार घटेको हो । संयुक्त राष्ट्रसंघले यो हत्याको निन्दा गर्दै नाइजेरियाको अवस्थाप्रति चिन्ता प्रकट गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्