मकवानपुरमा प्रहरीले २२ किलो गाँजाको धुलो बरामद

Machchapuchchre

अर्थ राजनीति ~ मकवानपुरमा प्रहरीले २२ किलो गाँजाको धुलो बरामद गरेको छ । मकवानपुरको राक्सीराङ गाउँपालिका-३ औलेडाँडा स्थित प्रहरी चौकीबाट खटिएको टोलीले चरेश बनाउनका लागि तयार गरिएको गाँजाको धुलो बरामद गरेको छ । दुईजना व्यक्तिले प्रहरीलाई देखेपछि झोला छोडेर जङ्गलतिर भागेपछि झोला खोल्दा गाँजाको धुलो फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । दुवै जना व्यक्ति भनि भाग्न सफल भएका छन र प्रहरीले उनीहरुको खोजि कार्य जारि राखेको बताएको छ  ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्