माओवादी केन्द्र र अध्यक्ष प्रचण्ड दुवै अवैध छन् – प्रभु साह

अर्थ राजनीति  ~  प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र अध्यक्ष दुबै नियम र संगतले नमिलेकाले अवैध रहेको नेकपा नेता तथा पूर्वमन्त्री प्रभु साहले बताएका छन्। रौतहटको मौलापुर नगरपालिकाको बजेट अधिवेशन उद्घाटन गर्दै नेता साहले हेटौँडा अधिवेशनपछि कुनै अधिवेशन नभएको र हेटौँडामा अधिवेशन भएको पार्टीको नाम नेकपा माओवादी केन्द्र नै नभएको स्पष्ट पार्दै निर्वाचन आयोगमा दर्ता […]

शशांक–प्रकाशमान-बिमलेन्द्र भेटः नेपाली कांग्रेसका तीन नेता एक ठाउँमा

अर्थ राजनीति  ~  आसन्न १४ औं महाधिवेशनमा नेपाली कांग्रेसको नेतृत्व जसरी पनि दोस्रो तहमा झार्न कटिबद्ध बनेर लागेका तीन नेताबीचको छलफलले पार्टीभित्र नयाँ तरंग सृजना गरेको छ । सभापतिका आकांक्षी नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहले सोमबारदेखि थालेको संवादलाई शुक्रबार पनि निरन्तरता दिएपछि पार्टी पंक्तिमा नयाँ तरंग पैदा गरेको हो । तीनै नेता […]

विपद् व्यवस्थापन र राहतको काम प्रभावकारी ढंगले गर्न प्रधानमन्त्रीको निर्देशन

अर्थ राजनीति  ~  प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलीले सिन्धुपाल्चोक जिल्लामा हालैको प्राकृतिक विपतको व्यवस्थापन तथा राहतकार्यलाई तत्काल प्रभावकारी रुपमा अघि बढाउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । जिल्लामा हालैको बाढी पहिरोेले पुर्याएको क्षतिलाई सम्बोधन गर्ने मागसहित शुक्रबार प्रधानमन्त्री ओली समक्ष भेट गरेका नेकपा एमाले बागमति प्रदेशकमिटको प्रतिनिधि मण्डललाई सम्बोधन गर्दै प्रधानमन्त्री यस्तो […]

चीनबाट ४० लाख डोज भेरोसेल खोपको सुनिश्चितता

अर्थ राजनीति  ~  कोभिडविरुद्धको खोप भेरोसेल उत्पादक चिनियाँ कम्पनी सिनोफार्मले नेपाललाई आगामी अढाई महिनामा ४० लाख डोज खोप उपलब्ध गराउने सुनिश्चित गरेको छ । सरकारले यसअघि नै चीनबाट खोप खरिद गर्ने निर्णय गरिसकेको छ । बेइजिङस्थित नेपाली दूतावासका अनुसार नेपालले आफ्नो अनुकूलता अनुसार जुन महिनाभित्र १० लाख, जुलाईमा २० लाख र अगस्टमा १० लाख डोज खोप खरिद […]

सूर्य थापा : सर्वोच्चको आदेश विरोधाभाषपूर्ण र आश्चर्यजनक

अर्थ राजनीति  ~  प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्च अदालतले आफ्नै नजिरविपरीत आदेश दिएको बताएका छन् । मंगलबार सर्वोच्च अदालतले ओलीले गरेको मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा अन्तरिम आदेश दिँदै २० मन्त्रीलाई काम गर्न रोक लगाएको थियो । सोही आदेशका सम्बन्धमा फेसबुकमा टिप्पणी गर्दै थापाले सर्वोच्चले आफ्नै नजिरविपरीत आदेश दिएको उल्लेख गरेका हुन् ।’२०७४ असोज […]

प्रधानमन्त्री ओलीले साँझ ६ बजे बोलाए आकस्मिक बैठक

अर्थ राजनीति  ~  प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आकस्मिक बैठक बोलाएका छन् । जेठ २१ गते विस्तार गरिएको मन्त्रीपरिषदमा नियुक्त भएका सबै मन्त्रीहरू निलम्बन गर्न सर्वोच्च अदालतले आदेश दिएपछि प्रधानमन्त्री ओलीले आकस्मिक बैठक बोलाएका हुन् । निलम्बित एक मन्त्रीका अनुसार बालुवाटारमा आज साँझ ६ बजे बैठक बोलाइएको छ । उनले भने, ‘प्रधानमन्त्रीको सचिवालयबाट आज साँझ […]

आन्तरिक तथा अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने सरकारको निर्णय

अर्थ राजनीति  ~  सरकारले मुलुकको आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार भएको बैठकले कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएका हवाई उडान शर्तसहित पुनःसञ्चालन गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गन्तव्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर उडान सञ्चालन हुनेछन् । स्वास्थ्यको […]

जसपाका महन्थ-राजेन्द्र पक्ष अब गहिरो संकटमा पर्दै

अर्थ राजनीति  ~  प्रधानमन्त्री केपी ओलीले जेठ २१ गते गरेको मन्त्रिपरिषद् विस्तारमा खानेपानी तथा सरसफाइ मन्त्री बनेका अनिल झा दलबल सहित मंगलबार गृहजिल्ला रौतहट आइपुगे। उनलाई कालो झन्डा देखाउँदा माधवनारायण नगरपालिका–३ सखुवाका ललन यादव, गरुडा–५ का विजय यादव र दीपेन्द्र यादव पक्राउ परे। उनीहरू प्रहरी नियन्त्रणमै रहँदा सर्वोच्च अदालतको अन्तरिम आदेशबाट झासहित २० जना मन्त्री […]

आजबाट सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाई हुँदै

अर्थ राजनीति  ~  सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आजदेखि निरन्तर सुनुवाई हुँदैछ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रमुख निवेदक भएको र विघटित प्रतिनिधिसभाका १ सय ४६ सदस्यहरुले दायर गरेको रिटमा निरन्तरर सुनुवाई हुन लागेको छ । प्रतिनिधिसभा विघटन लगायतका विषयमा परेका ३० वटा रिटमाथि आजदेखि सुनुवाई हुँदैछ । बहुमत सदस्यको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाउँदा […]

२१ जना मन्त्रीलाई पदमुक्त गर्न सर्वोच्चको अन्तरिम आदेश

अर्थ राजनीति  ~  सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद् विस्तारका क्रममा थपिएका मन्त्रीहरुलाई काम गर्न नदिन अन्तरिम आदेश दिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले नयाँ नियुक्त भएका २१ मन्त्री पदमुक्त हुने आदेश दिएको हो । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ २१ र […]