शशांक–प्रकाशमान-बिमलेन्द्र भेटः नेपाली कांग्रेसका तीन नेता एक ठाउँमा

Machchapuchchre
अर्थ राजनीति  ~  आसन्न १४ औं महाधिवेशनमा नेपाली कांग्रेसको नेतृत्व जसरी पनि दोस्रो तहमा झार्न कटिबद्ध बनेर लागेका तीन नेताबीचको छलफलले पार्टीभित्र नयाँ तरंग सृजना गरेको छ । सभापतिका आकांक्षी नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहले सोमबारदेखि थालेको संवादलाई शुक्रबार पनि निरन्तरता दिएपछि पार्टी पंक्तिमा नयाँ तरंग पैदा गरेको हो । तीनै नेता पार्टीका कुनैबेला नेतृत्व गरिसकेका तीन पिताका पुत्र हुनुहुन्छ । बीपी, गणेशमान र महेन्द्र नारायणका तीन छोरा आफै पनि नेतृत्वको आकांक्षी हुनुहुन्छ । तर १३ औं महाधिवेशनमा प्रतिष्पर्धा गरेका नेताहरुले नै आसन्न १४ औं महाधिवेशनमा फेरि उत्रने बताएपछि तीन नेतापुत्र एक ठाउँमा उभिने प्रयासमा जुट्नुभएको हो । यसक्रममा शुक्रबार कांग्रेस महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा तीन नेताबीच लामो छलफल भयो र एक ठाउँमा उभिन सकारात्मक पहल थालिएको प्रतिक्रिया आएको छ । भेटमा पार्टीको भदौंमा हुने १४औं महाधिवेशन र राष्ट्रिय राजनीतिकाबारे छलफल भएको भन्दै कोइरालाले आगामी दिनमा पनि संवादमा रहने प्रतिक्रिया दिनुभयो । तीन नेताबीच सभापतिको उम्मेदवारीसमेतका विषयमा छलफल भएको भन्दै महामन्त्री कोइरालाले आफूहरु एकै ठाउँमा रहेको र हाम्रा बीचमा सहमति हुनसक्ने सम्भावना रहेको प्रतिक्रिया दिनुभयो । पार्टीलाई गुट/उपगुटमा विभाजित गर्दा धराशायी हुने भएकाले महाधिवेशन र त्यसपछि हुने निर्वाचन जित्न पनि एकजुट भएर जानुपर्नेमा आफूहरु सहमत भएको उहाँको भनाइ थियो ।

यद्यपि, नेतृत्व हस्तान्तरणको मुद्दा बनाएर बहस चलाइरहेका युवा पुस्ता पनि यो पहलकदमीबाट उत्साहित भने देखिएको छ । सोमबार नै निधिले गरेको छलफलमा युवा नेताहरुले तल्लो तहमा नेतृत्व ल्याउन आफूहरुले सघाउने बताएका थिए । आफ्नो उम्मेदवारीका लागि शुरुमा सभापति देउवासँग समर्थन माग्नुभएका निधिलाई १४ औं महाधिवेशनमा पनि आफै उम्मेदवार रहने भन्दै सघाउन भनेपछि निधि देउवाको शिविरबाट अलग्गिँदै अरु दुई नेतासँग छलफलमा बस्नुभएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्