विपद् व्यवस्थापन र राहतको काम प्रभावकारी ढंगले गर्न प्रधानमन्त्रीको निर्देशन

Machchapuchchre

अर्थ राजनीति  ~  प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलीले सिन्धुपाल्चोक जिल्लामा हालैको प्राकृतिक विपतको व्यवस्थापन तथा राहतकार्यलाई तत्काल प्रभावकारी रुपमा अघि बढाउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । जिल्लामा हालैको बाढी पहिरोेले पुर्याएको क्षतिलाई सम्बोधन गर्ने मागसहित शुक्रबार प्रधानमन्त्री ओली समक्ष भेट गरेका नेकपा एमाले बागमति प्रदेशकमिटको प्रतिनिधि मण्डललाई सम्बोधन गर्दै प्रधानमन्त्री यस्तो निर्देशन दिएका हुन् । पुल बगाएको स्थानमा बेलिबृजको व्यवस्था गर्ने कुरामा सरकारको ध्यान पुगेको पनि प्रधानमन्त्रीले बताए। साथै उनले बाढीको पुर्व सूचना दिन साइरन राख्ने, कटान रोक्न तार जालीको व्यवस्था गर्न तथा पीडित परिवारलाई जस्ता एवं स्थानीय सामग्रीको प्रयोगबाट तत्काल अस्थायी आवाशको व्यवस्था पनि गर्न भनेका छन् । प्रधानमन्त्री समक्ष ज्ञापन पत्र पेश गर्दै नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटिका अध्यक्ष आनन्द पोखरेलको मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरुको सम्पूर्ण उपचार खर्चको व्यवस्थापन सरकारद्वारा गर्न, बहु आयामिक विज्ञ प्राविधिक टोली खटाई डिटेल सर्वे मार्फत पूनः निर्माणको लागि लागत अनुमान र बजेट व्यवस्था गर्न माग गरिएको छ ।

यसै गरी विस्थापित ४ सय परिवारको अस्थाई बसोबासको लागि प्रति परिवार ८ बन्डल जस्ता उपलब्ध गराई अस्थाई बासस्थान निर्माण गर्ने नदी किनाराका बजार संरक्षण र पुनः व्यवस्थापनको लागि तत्कालै तटबन्ध निर्माण गरी बजार सुचारु गर्न र भत्केका घरहरुको पूननिर्माण र पुरिएका घरहरुलाई मर्मत सुधार गराउने व्यवस्था गर्न र बिग्रे भत्केका मोटर बाटोहरुको तत्कालै मर्मत सुधार गरी मोटर सञ्चालन गर्ने व्यवस्था गर्न ज्ञापनपत्रमा माग गरिएको छ । यसै गरी भत्केका मोटर पुलमा अस्थाई (बेलीव्रिज वा कज वे निर्माण गरी) मोटर बाटो सञ्चालनमा ल्याउन र मानिस आवत जावतको लागि तत्कालै झोलुृङ्गे पुल निर्माण गर्न माग गरिएको छ । साथै ध्वस्त भएको सञ्चार र विद्युत प्रशारणको लाईनको मर्मत गरी तत्कालै विद्युत आपूर्ति सञ्चालन गर्न पनि ज्ञापनत पत्रमा माग गरिएको छ ।ज्ञापनपत्रमा ध्वस्त सबै खानेपानीका मूहान र संरचनाहरु मर्मत सुधार गरी मुहानको संरक्षण, फिल्ट्ररेशन सहित सफा खानेपानीको व्यवस्था मेलम्ची आयोेजनाको मुहानमा भएको क्षतिको मर्मत सुधार गरी र भत्केका दुईवटा विद्यालय सञ्चालनको लागि तत्कालै सुरक्षित स्थानमा निर्माण गरी पठन पाठन सुचारु गर्न माग गरिएको छ ।

सिन्धुपाल्चोकमा असार १ गते पछि परेको अबिरल वर्षापछि उत्पन्न बाढी पहिरोका कारण १६ जनाको मृत्यु , ४०० परिवार विस्थापित भएका छन् । सबै स्थानमा गरी ३ सय ३७ वटा घर र ६० वटा गोठ ०, ६ वटा मोटर पुल र १३ वटा झोलुंगे पुल बगाएको छ । यसै गरी हेलम्बु २ को किउल बगरमा रहेको प्रहरी चौकी भवन लडाएको छ भने २ वटा विद्यालय ९सरस्वती मा.वि. हेलम्बु र तेर्से मावि तालामाराङ० भवन उच्च जोखिम रहेका छन् । विभिन्न स्थानमा सडक मार्ग भत्किएर बगरमा परिणत भएका छन् नदिकिनारका वस्ती पहिरोले पुरेको र लेदो थुप्रिएर पुरै यातायात बन्द भएको भएको पनि ज्ञानपत्रमा उल्लेख छ । विद्युत प्रसारण लाईन अवरुद्ध भएको तथा बैंकबाट कर्जा  लिई विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुको बैंक किस्ता भुक्तानिमा समस्या भएको पनि ज्ञापत्र पत्रमा उल्लेख छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्