बालुवाटारमा सर्वदलीय बैठक, एमाले अनुपस्थित

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा सर्वदलीय बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठक संसदको अवरोधलाई निकास दिने लगायतका विषयमा केन्द्रित छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुलाई बोलाइए पनि नेकपा एमाले भने सहभागी छैन । संसद बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले लगातार अवरोध गर्दै […]

प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

अर्थ राजनीति  ~  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रादेशिक कार्यालयले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा हानेको छ । ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत साइकल खरिद तथा बीमामा अनियमितता गरेको गुनासो बढेकाले आयोगको बर्दिबासस्थित कार्यालयबाट गएकाे टाेलीले उक्त कार्यक्रमसँग सम्बन्धित कागजपत्र जफत गरेकाे कार्यालयका सूचना अधिकारी मनिराम ज्ञवालीले बताए । बेटी पढाऊ बेटी बचाऊ अभियानअन्तर्गत […]

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न देउवाले डाके गठबन्धनको बैठक

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको छलफल गर्न बिहीबार सत्तारुढ गठबन्धनको बैठक डाकेका छन् । जसपाका नेता उपेन्द्र यादवले बिहीबार गठबन्धनको बैठक बस्ने जानकारी आएको बताए । बिहीबारको छलफलले कुन मन्त्रालय कसले पाउने भन्ने निर्क्यौलपछि सम्भवत भोलि नै नत्र शुक्रबार मन्त्रिपरिषद् विस्तार हुने उनले बताए । देउवाले आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल […]

सभामुख सापकोटाविरूद्धको मुद्दा ‘हेर्न नमिल्नेमा’

अर्थ  राजनीति  ~  सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतले ‘हेर्न नमिल्ने’ मा राखिदिएको छ । पटक/पटक पेसी चढेर सुनुवाइ नभएको उक्त मुद्दा आज पनि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलाशमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा एक नम्बरमा परे पनि ‘हेर्न नमिल्ने’ मा राखिएको हो । संवैधानिक […]

सरकार पर्वको संरक्षण र सम्वर्द्धनमा प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवाले तराई क्षेत्रमा परिवारको कल्याण, आरोग्य, सुख-समृद्धि र सन्तानको दीर्घायुको कामना गर्दै मनाईने जितिया पर्वको शुभकामना दिनु भएको छ । प्रधानमन्त्री देउवाले जितिया पर्वको शुभकामना दिदै नेपालको एक विशिष्ट पहिचान जनाउने पर्वको रुपमा स्थापित रहेको बताउनु भएको हो । त्यस्तै प्रत्रानमन्त्री देउवाले संस्कृति र संस्कारमा नेपालको विशिष्ट पहिचानका विशेषता रहेको […]

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

अर्थ राजनीति  ~  सत्तारुढ दल नेकपा माओवादी केन्द्रको आज मंगलबार बस्ने गरी तय गरिएको स्थायी कमिटी बैठक एकाएक स्थगित भएको छ । आज बस्ने भनिएको बैठकमा यसअघि पेश गरिएका ३ वटा प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको थियो । माओवादी केन्द्रको आज दिउँसो ३ बजे बस्ने भनिएको बैठक नेताहरुको कार्य व्यस्तताका कारण भोलि बुधबार ११ बजे […]

सरकारमा नागरिक समाजका अगुवाबाट दुई जना मन्त्री बन्ने

अर्थ राजनीति  ~  नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिक समाजका अगुवाहरुबाट दुई जनालाई मन्त्री बनाउने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको प्रस्तावमा देउवाले सहमति जनाएका हुन् । नागरिक समाजका अगुवाबाट दुई जना मन्त्री बनाए सकारात्मक सन्देश जाने भएपछि देउवाले यस्तो […]

प्रधानमन्त्री देउवालाई ओलीको सन्देश- अध्यादेश फिर्ता असंवैधानिक

अर्थ राजनीति  ~  नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आफ्नो पार्टी फुटाउन ल्याइएको अध्यादेश संसद् चालु रहेको अवस्थामा फिर्ता गरिएकोप्रति आपत्ति जनाएका छन् । अध्यक्ष ओलीलाई भेट्न मंगलबार दिउँसो ओली निवास बालकोट पुगेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत् उनले यस्तो आपत्ति जनाएका हुन्। अध्यक्ष ओलीले अध्यादेश फिर्ता असंवैधानि भएको सन्देश प्रधानमन्त्री शेरबहादुर […]

कांग्रेसले भागबन्डामा टुंग्यायो, मन्त्रालय टुंग्याउन बाँकी

अर्थ राजनीति  ~  सत्तारुढ नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम भागबन्डाका आधारमा टुंगो लगाएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेताबीचको अनौपचारिक छलफलमा मन्त्री बन्नेको टुंगो लागेको हो । कांग्रेसले प्रधानमन्त्रीसहित सात मन्त्री र एउटा राज्यमन्त्री पाएको छ । अहिले कांग्रेसबाट प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर […]

दशैंतिहारमा हातहतियार रोक्न उपत्यकाका प्रमुख नाकामा प्रहरीको ‘डग स्निफिङ’ कार्यक्रम

अर्थ राजनीति  ~  नेपालीहरुको महान चाड दशैंतिहार नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा विशेष सुरक्षा योजना लागू भइसकेको छ ।साेमबारदेखि लागू सुरक्षा योजनाअन्तर्गत सुरक्षा निकायले उपत्यका प्रवेश गर्ने प्रमुख नाकामा कुकुरसमेत परिचालन गरेको छ । खासगरी पटाकाजन्य विस्फोटक पदार्थ र चाडपर्वको मौकामा हातहतियारसमेत प्रवेश गराउने जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरीले ‘डग स्निफिङ’ कार्यक्रम सञ्चाल गरेको छ । […]