प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

Machchapuchchre

अर्थ राजनीति  ~  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रादेशिक कार्यालयले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा हानेको छ । ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत साइकल खरिद तथा बीमामा अनियमितता गरेको गुनासो बढेकाले आयोगको बर्दिबासस्थित कार्यालयबाट गएकाे टाेलीले उक्त कार्यक्रमसँग सम्बन्धित कागजपत्र जफत गरेकाे कार्यालयका सूचना अधिकारी मनिराम ज्ञवालीले बताए । बेटी पढाऊ बेटी बचाऊ अभियानअन्तर्गत छोरी शिक्षा बीमा मुद्दती बचत कार्यक्रम सञ्चालन कार्यविधिमा २०७५ माघ १ पछि जन्मिएका प्रदेश २ का आठ जिल्लाका बालिका सूचीकृत हुने उल्लेख छ । सूचीकृत भएकाहरूले २० वर्ष उमेर पार गरेपछि मुद्दती अवधिभित्र विद्यालय शिक्षा वा १२ कक्षा उत्तीर्ण गरेको र विवाह नगरेको अवस्थामा ३ लाख रुपैयाँ भुक्तानी दिनुपर्ने उल्लेख छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रभु बैंकसँग भएको सम्झौताको बुँदा नम्बर १ मा एक छोरी मुद्दती बीमाबापत जम्मा गर्न एक पटकमा ३७ हजार रुपैयाँका दरले सेवा प्रदायक संस्थालाई २७ सय ७८ बालिकाको नाममा १४ करोड ९९ लाख ८७ हजार रुपैयाँ उपलब्ध गराएको देखिन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्