प्रधानन्यायाधीशविरुद्ध आज ‘बालुवाटार न्याय मार्च’

अर्थ राजनीति  ~  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाउन र उनको सम्पत्ति छानबिन गर्न माग गर्दै वृहत् नागरिक आन्दोलन र नेपाल बारसहित आठवटा पेसागत संगठनले संयुक्त र्‍याली गर्ने भएका छन् । बिहीबार दिउँसो २ बजे उनीहरूको र्‍याली सर्वोच्च अदालतबाट प्रधानमन्त्री निवास बालुवाटारसम्म पुग्ने छ । र्‍यालीमा बृहत् नागरिक आन्दोलन, नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासंघ, नेपाल […]

एमाले महाधिवेशन : प्रधानमन्त्री देउवा जाने, प्रचण्ड अलमलमा

अर्थ राजनीति  ~  नेकपा एमालेको भोलि (१० मंसिर) हुने महाधिवेशन उद्घाटनमा शुभकामना दिन प्रधानमन्त्री शेरबहादुर देउवा चितवन जाने तय भएको छ । सत्ता गठवन्धनका अर्का नेता नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने अहिलेसम्म जाने नजाने टुंगोमा पुगिसेका छैनन् । महाविधेशन उद्घाटनका दिन प्रचण्डको काभ्रे जाने कार्यक्रम तय भएको छ । दुईवटा गाउँपालिकामा यसअघि […]

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा

अर्थ राजनीति  ~  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षका लागि राजेन्द्र लिङ्देनसहितको उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौँमा पत्रकार सम्मेलन गरेर लिङ्देनले महामन्त्रीका उम्मेदवार धवल शमशेर राणाको समर्थनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्। अध्यक्षत्रय पशुपतिशमशेर जबरा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीलाई बन्धक बनाएको आरोप लगाउँदै उनले आफू ढुक्कसँग जित्ने दाबी गरे । […]

” ब्याजदरमा राष्ट्र बैंकले हस्तक्षेप गरेको छैन ” : गभर्नर अधिकारी

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ब्याजदरमा आफूहरुले हस्तक्षेप नगरेको दाबी गरेका छन् । राष्ट्र बैंकको निर्देशनपछि अहिले २४ वटा वाणिज्य बैंकले निक्षेपको ब्याजदर १०.०७ तोकेका छन् । ब्याजदरमा भइरहेको उतारचढावलाई नियन्त्रण गर्न भन्दै केन्द्रीय बैंकले अघिल्लो महिनाको प्रकाशित सबै बैंकहरुको औसत ब्याजदरमा १० प्रतिशतमात्रै घटबढ गर्न निर्देशन दिइको थियो । […]

चितवन झर्नुअघि नेता ओलीले दिए सन्देश जनतालाई

अर्थ राजनीति  ~  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको सम्मुखमा महाधिवेशनबारे मंगलबार काठमाडौंका सम्पादकहरुसँग खुल्ला अन्तरक्रिया गरे । पार्टीको स्थायी कमिटी बैठक केही समयका लागि रोकेर अन्तरक्रियामा सहभागी भएका ओलीले मूलतः ६ वटा सन्देश दिए । अन्तरक्रियामा समसामयिक राजनीतिदेखि महाधिवेशनको प्रक्रिया, अदालतमा भइरहेको आन्दोलन, एमालेबाट छुटेका माधव नेपाल र नेकपा माओवादी […]

प्रचण्ड : ” म प्रधानमन्त्री भन्दा कम छैन “

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अहिले प्रधानमन्त्री पदमा नभए पनि प्रधानमन्त्री भन्दा कम नभएको बताएका छन् । कैलालीको भजनी नगरपालिकाको प्रशासकीय भवन उदघाटन कार्यक्रममा प्रचण्डले बुधबार सो अभिव्यक्ति दिएका हुन् । कार्यक्रममा प्रचण्डले भने, ‘हुन त अहिले म प्रधानमन्त्री छैन । तर प्रधानमन्त्रीभन्दा कम पनि छैन ।’आफूले भनेको नमान्दा […]

” सूर्य चिह्नमा ग्रहण लागिसक्यो‚ धाक नदिए हुन्छ ” : अध्यक्ष नेपाल

अर्थ राजनीति ~  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई सूर्य चिन्हको धाक नलगाउन चेतावनी दिएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले एमालेको सूर्य चिन्हमा ग्रहण लागेको भन्दै ओलीले धाक लगाएर हिँडिरहन नपर्ने बताएका हुन्। उनले आफ्नो पार्टीले समाजवादको दिशामा अघि बढ्न समानता, न्याय, विकास र समृद्धिको विषयलाई केन्द्रविन्दुमा राखेर अघि बढिरहेको […]

नेपाल बारले आज तीन दललाई ध्यानाकर्षण पत्र बुझाउने

अर्थ राजनीति  ~  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले आज थप तीन राजनीतिक दललाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ । नेपाल बार र बार सर्वोच्चले आज सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) तथा प्रतिपक्षी नेपाल मजदुर किसान पार्टीलाई ध्यानाकर्षण पत्र बुझाउन लागेका हुन् । बारले सोमबार नेकपा एमाले, माओवादी केन्द्र, जनता […]

चिवतनमा माओवादीको शक्ति प्रदर्शन, माओवादीले सरकार चलाएको प्रचण्डको दाबी

अर्थ राजनीति  ~ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाल मेयर रहेको चितवनको भरतपुर महानगरपालिकाले विकास बहसको नाममा शक्ति प्रदर्शन गरेको छ । ‘समृद्धि भरतपुरका लागि विकास बहस’ नाम दिइएको कार्यक्रममा माओवादी अध्यक्ष दाहालसहित सात जना क्याबिनेट मन्त्री सहभागी भएका छन् । नेकपा (एमाले)को दशौं महाधिवेशनको पूर्वसन्ध्यामा चितवनमा माओवादीले शक्ति प्रदर्शन गर्नुलाई अर्थपूर्ण […]

एमाले स्थायी कमिटी बस्दै, महाधिवेशन प्रतिनिधि संख्या बढ्ने

अर्थ राजनीति  ~  नेकपा एमालेको हिजो स्थगित भएको स्थायी कमिटी बैठक आज मंगलबार बस्दैछ । बैठक ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा ११ बजेपछि बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बैठकले महाधिवेशन तयारीका सम्बन्धमा छलफल गर्नेछ । साथै विधानअनुसार केन्द्रीय कमिटीले मनोनयन गर्ने ५ प्रतिशत महाधिवेशन प्रतिनिधिको टुंगो लगाउने छ । […]