राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा

Machchapuchchre

अर्थ राजनीति  ~  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षका लागि राजेन्द्र लिङ्देनसहितको उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौँमा पत्रकार सम्मेलन गरेर लिङ्देनले महामन्त्रीका उम्मेदवार धवल शमशेर राणाको समर्थनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्। अध्यक्षत्रय पशुपतिशमशेर जबरा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीले पार्टीलाई बन्धक बनाएको आरोप लगाउँदै उनले आफू ढुक्कसँग जित्ने दाबी गरे । बाँकी पदमा पछि घोषणा गरिने बताइएको छ । अध्यक्षमा उम्मेदवारी दिन लागेका लिङ्देन प्रदेशमा बलियो मानिन्छन् । राप्रपाको महाधिवेशन १५–१७ मंसिरमा हुँदै छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्