एमाले स्थायी कमिटी बस्दै, महाधिवेशन प्रतिनिधि संख्या बढ्ने

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा एमालेको हिजो स्थगित भएको स्थायी कमिटी बैठक आज मंगलबार बस्दैछ । बैठक ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा ११ बजेपछि बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बैठकले महाधिवेशन तयारीका सम्बन्धमा छलफल गर्नेछ । साथै विधानअनुसार केन्द्रीय कमिटीले मनोनयन गर्ने ५ प्रतिशत महाधिवेशन प्रतिनिधिको टुंगो लगाउने छ । ‘महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्ने नै बैठकको मुख्य एजेण्डा हो । विधानअनुसार ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयनको आज टुंगो लाग्छ’, तामाङको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्