गोलाप्रथाद्वारा गठन भए ११ इजलास, नेपाल बार विरोध कायमै

अर्थ राजनीति  ~  सर्वोच्च अदालतको इतिहासमा पहिलोपटक गोलाप्रथाद्वारा ११ वटा इजलास गठन भएका छन् । पेसी व्यवस्थापन समितिका तर्फबाट बुधबार पहिलो पटक ११ इजलास गठन भएका छन् । ११ इजलासमा २१७ मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतको संशोधित नियमावलीले व्यवस्था गरेअनुसार बुधबार पहिलो पटक गोला तानेर इजलास गठन गरिएको हो । गोला […]

ओम्रीकान भेरियन्ट डेल्टा, गामा, बेटा र अल्फाजस्तै ‘भेरियन्ट अफ कन्सर्न’

अर्थ राजनीति  ~  विश्वभर महामारी बनेर फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट हो, ओम्रीकान । अरु भेरियन्टका तुलनामा छिटो संक्रमण फैलिने भएकाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले यसबाट सुरक्षित हुन र सावधानी अपनाउन आह्वान गरिसकेको छ । कोरोनाको यो भेरियन्ट फैलिन नदिन विभिन्न राष्ट्रले आपतकालीन रूपमा यात्रा प्रतिबन्ध लगाइसकेका छन् । भ्याक्सिन निर्माता कम्पनी आफ्नो उत्पादनलाई […]

कांग्रेसका जिल्ला अधिवेशनमा देउवा–पौडेल पक्षबीच कडा टक्कर

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका ५२ जिल्ला अधिवेशनको नजितामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच कडा टक्कर देखिएको छ । हिमाली जिल्लामा दशैंअघि एक निर्वाचन क्षेत्र भएका जिल्लामा मंसिर ६ गते र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा मंसिर १० गते अधिवेशन गरेको थियो । २ नम्बर प्रदेशका ८ जिल्ला, रसुवा, धनकुटालगायत २५ […]

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिने

अर्थ राजनीति  ~  कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज विश्वासको मत लिन लागेका छन्। मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश प्रमुख तिलक परियारले प्रदेश सभाको अधिवेशन गत मंसिर ३ गते आह्वान गरेका थिए। सोही दिन प्रदेश सभा सचिवालयले आजका लागि बैठक आह्वान गरेको थियो। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि डाकिएको वैठकमा प्रमुख […]

अष्ट्रेलियाले अन्तर्राष्ट्रिय सीमा खुलाउन पुनर्विचार गर्ने

अर्थ राजनीति  ~ नयाँ कोरोना भेरियन्ट ओमिक्रोनका संक्रमित फेला परेपछि अष्ट्रेलियाले दक्ष आप्रवासी र विदेशी विद्यार्थीका लागि अन्तर्राष्ट्रिय सीमा खुला गर्ने निर्णय पुनर्विचार गर्ने भएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले दक्ष आप्रवासी र विद्यार्थीका लागि पुन: सीमा खुला गर्ने योजनाको समीक्षा गरिने बताएका हुन् । ‘हामीले उपयुक्त सूचनाका आधारमा सुझबुझ र विवेकपूर्ण निर्णय गर्दै […]

” ओमिक्रोन भेरियन्टबाट डराउनु पर्ने कुनै कारण छैन ” : अमेरिकी राष्ट्रपति

अर्थ राजनीति  ~  अमेरिकी राष्ट्रपति जो बाइडनले नयाँ कोरोना भेरियन्ट ‘चिन्ताको विषय’ भए पनि डराइहाल्नु पर्ने अवस्था नभएको बताएका छन् । सोमबार ह्वाइटहाउसमा बोल्दै बाइडनले नयाँ ओमिक्रोन भेरियन्टबाट डराउनु पर्ने कारण नभएको बताएका हुन् । ‘यो भेरियन्ट चिन्ताको विषय हो तर यसबाट डराउनुपर्ने कुनै कारण छैन’, उनले भने । उनले खोप लगाएकालाई बुस्टर डोज लगाउन […]

राप्रपा महाधिवेशन : राजेन्द्र लिङ्देन बलियो बन्दै, लोहनीको समर्थन

अर्थ राजनीति  ~  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनलाई डा. प्रकाशचन्द्र लोहनीको समर्थन प्राप्त भएको छ । युवा नेताहरूको समर्थनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा लिङ्देनलाई लोहनीको समर्थन प्राप्त भएको हो । डा. लोहनीले मंगलबार सार्वजनिक कार्यक्रममार्फत लिङ्देनलाई समर्थन रहेको गर्ने तयारी गरेका छन् । ‘मंगलबार बिहान साढे ११ बजे डा. […]

एमाले महाधिवेशन : बिहान ४ बजेबाट मतदान जारी

अर्थ राजनीति  ~  नेकपा (एमाले)को १०औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि सौराहामा आज (मंगलबार) बिहानबाट मतदान जारी छ । राति २ बजेबाट मतदानको कार्यतालिका तय भए पनि बिहान ४ बजेबाट मात्र मतदान सुरु भएको हो । पहिलो मत एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएका छन् । उनी अध्यक्षका उम्मेदवार हुन् । ओलीसँग उपाध्यक्ष भीम रावल […]

” विद्यालयलाई उद्यमस्थल बनाउनुपर्छ ” : अर्थमन्त्री शर्मा

अर्थ राजनीति  ~  अर्थमन्त्री जनार्दन शर्माले विद्यालयलाई उद्यमस्थल बनाउनुपर्ने बताएका छन् । बुधबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यमस्थल बनाउनुपर्ने बताएका हुन् । उनले भने, ‘अब हाम्रा विद्यालय कृषि फर्म, गाई फर्म, कुखुरा फर्मलगायत बगैँचासहितको हुनुपर्‍यो, विद्यालय उद्योग हुनुपर्‍यो ।’ मन्त्री शर्माले एकातिर पढ्ने जनशक्ति निर्माण […]

” न्यायालयको समस्या समाधान गर्न सरकार तयार छ ” : प्रचण्ड

अर्थ राजनीति  ~  सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले न्यायालयको समस्या समाधानका लागि सरकार तयार रहेको बताएका छन् । बुधबार सुदूरपश्चिम प्रदेशको कैलाली पुगेका अध्यक्ष दाहालले सञ्चारकर्मीहरुको कुराकानीमा अदालतमा देखिएको समस्या राम्रो नभएको भन्दै एक स्तरमाथि बढेर समस्या समाधान गर्न तयार रहेको बताए । उनले न्यायालयको समस्यामा गठबन्धनका पाँच दलहरुको […]