” सूर्य चिह्नमा ग्रहण लागिसक्यो‚ धाक नदिए हुन्छ ” : अध्यक्ष नेपाल

Machchapuchchre

अर्थ राजनीति ~  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई सूर्य चिन्हको धाक नलगाउन चेतावनी दिएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले एमालेको सूर्य चिन्हमा ग्रहण लागेको भन्दै ओलीले धाक लगाएर हिँडिरहन नपर्ने बताएका हुन्। उनले आफ्नो पार्टीले समाजवादको दिशामा अघि बढ्न समानता, न्याय, विकास र समृद्धिको विषयलाई केन्द्रविन्दुमा राखेर अघि बढिरहेको बताए। समाजवादको दिशामा अघि बढ्नका लागि समानताको, न्यायको, विकासको र समृद्धिको यी चार वटा विषयलाई केन्द्र विन्दुमा राखेर आफु अगाडि बढिरहेको हुनाले भविष्य यो पार्टीको रहेको उनले बताए।  बुधबार जनकपुरमा स्थानीय सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिँदै उनले आफ्नो पार्टीप्रति आकर्षण बढिरहेको दाबी गरे। अध्यक्ष नेपालले आफ्नो पार्टीको चुनाव चिन्ह कलम चम्किरहेको र यहीँ मंसीर १५ गतदेखि सो चिन्हको स्टिकर लिएर आर्थिक संकलन गर्दै जनताको घरघरमा पुग्ने अभियान सञ्चालन गर्ने घोषणा समेत गरे।‘अब कलम चम्किरहेको छ। सत्य र न्यायको सन्देश दिईरहेको छ। अब मंसिर १५ गतेदेखि स्टिकर वितरण गर्दै आर्थिक सहयोग संकलन गरि घरघरमा हामी जनताको माझमा पुग्ने अभियान सञ्चालन गर्न गईरहेका छौं। यो पार्टीप्रतिको आकर्षण बढिरहेको कुरा सबैले महशुस गरिरहेका छन । अध्यक्ष नेपालले प्रदेश २ को नामाकरण जनकपुर र राजधानी पनि जनकपुरनै राख्न उपयुक्त हुने धारणा राखे।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्