अदालतले गर्दा मन्त्री आले र डा. रेग्मीको टसल थप लम्बिने संकेत

अर्थ राजनीति  ~  संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आले र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.धनञ्जय रेग्मीबीचको कटुता थप लम्बिने संकेत देखिएको छ । रेग्मी आफूलाई बोर्डले निलम्बन गरेको विरोधमा सर्वोच्च अदालत गएका थिए र अन्तरकालीन अन्तरिम आदेश ल्याएका थिए । उक्त आदेशको छिनोफानो ३ माघमा गर्ने अदालतको आदेश थियो । त्यसैले, […]

उपत्यकामा आजदेखि स्मार्ट लकडाउन लागू

अर्थ राजनीति  ~  काठमाडौं उपत्यकामा गएरातीदेखि ‘स्मार्ट लकडाउन’ लागू भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले उस्तै प्रकृतिको आदेश जारी गर्दै स्मार्ट लकडाउन लागू गरेका हुन् । नयाँ आदेश अनुसार माघ मसान्तसम्म आमसभा, जुलुस, सभा, भेलालगायतका गतिविधि गर्न पाइने छैन । यस्तै गोष्टी, सेमिनार, समीक्षा, बैठक जस्ता क्रियाकलापहरू सञ्चालन […]

एमालेका सम्पूर्ण सार्वजनिक कार्यक्रम स्थगित

अर्थ राजनीति  ~  कोभिड–१९ को महामारी पुनः बढेको सन्दर्भमाा नेकपा (एमाले) ले पार्टी र जनसङ्गठनका २५ जनाभन्दा बढी सहभागी हुने सबै प्रकारका सार्वजनिक कार्यक्रम स्थगन गरेको छ। एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्मराज अधिकारीले पार्टीका प्रदेश र जिल्ला अध्यक्षलाई आज पत्राचार गर्दै कोभिड–१९ को तेस्रो लहरसम्बन्धी नेपाल सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकललाई ध्यानमा राखेर मातहतका […]

“मधेश प्रदेश ” को नामले मधेशी पहिचानमा ठूलो राहत : अध्यक्ष यादव

अर्थ राजनीति  ~  जनता समाजवादी अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ को नाम ” मधेश प्रदेश ” राखेसँगै  मधेशी पहिचानमा ठूलो राहत मिलेको प्रतिक्रिया दिएका छन् । जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले होच्याउने र हेप्ने प्रवृत्तिबाट मधेशका जनताले मुक्ति पाएको बताए । “मधेशी” भन्नेसाथै बिहारी, भारतीय भनेर हाम्रा मधेशी भाइहरू हेपिँदै आएका थिए । अब “मधेश […]

आजदेखि पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि बन्द

अर्थ राजनीति  ~  नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर आजदेखि दर्शनार्थीका लागि बन्द गरिएको छ । पशुपति क्षेत्रका पशुपतिनाथ, गुह्येश्वरी, चन्द्रविनायक लगायत मन्दिरमा बढी भीडभाड हुन थालेपछि नित्य र नैमित्तिक पूजामात्र गर्ने गरी भक्तजनका लागि बन्द गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले जानकारी दिए । पशुपतिनाथ मन्दिरमा हुने विशेष […]

‘संक्रमणको तीव्रता हेर्दा माघको तेस्रो सातासम्म अर्कै स्थिति आउन सक्छ’

अर्थ राजनीति  ~  सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमणदर वृद्धि हुँदै गएको छ । पुस अन्तिम सातादेखि दैनिक बढीमा एकसय जनामा संक्रमण पुष्टि भइरहेकोमा पछिल्लो समय भने त्यो संख्या वृद्धि भएर दुई सयदेखि साढे तीन सय जनासम्म पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार सोमबार मात्र थप ३४५ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये १५४ […]

सर्वोच्च अदालतको फुलकाेर्ट : सबै न्यायाधीश आ–आफ्नै च्याम्बरमा

अर्थ राजनीति  ~  सर्वोच्च अदालतको फुलकोर्ट  सम्पन्न भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा बसेको बैठकमा अन्य न्यायाधीशहरु आ–आफ्नै च्याम्बरमा रहेर सहभागी भएका थिए । फुलकोर्ट संयुक्त रुपमा बस्ने परम्परा रहे पनि यस पटक प्रधानन्यायाधीशसहित सबै न्यायाधीश आ–आफ्नै च्याम्बरमा रहेर बैठक बसेको हो । बैठकका एजेण्डा सुरु मै तय भइसकेको र ती एजेण्डामाथि सबैको […]

गौतमबुद्ध विमानस्थल परीक्षण उडानको प्रतिक्षामा

अर्थ राजनीति  ~  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्यालिब्रेसन फ्लाइट (परीक्षण उडान) का लागि तयार भएको छ । पटक–पटक म्याद थप्दै यसअघि सन् २०२० को शुरुमा नियमित उडान गर्ने भनिएको यो विमानस्थलमा कोरोना महामारीका कारण उपकरण जडानमा ढिलाई भएकाले परीक्षण उडानमा ढिलाइ भएको हो । तर अहिले सबै उपकरणहरु जडान भइसकेकाले परीक्षण उडानका लागि तयारी अवस्थामा रहेको […]

पशुपति धर्मशालाः सम्झौता खारेज गर्न छानबिन समितिको सुझाव

अर्थ राजनीति  ~  पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता खारेज गर्न छानबिन समितिले सिफारिस गरेको छ। सांस्कृतिक सम्पदासहितका ऐतिहासिक स्थलमा कंक्रिटको संरचना निर्माण गरेर व्यापारिक छलाङ मार्दै आएको बतास समूहसँगको सम्झौताबारे अध्ययन गर्न बनेको समितिले मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा सम्झौता खारेज गर्न सुझाइएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको समितिले सम्झौता […]

चार वर्षमा टुंगो लाग्यो प्रदेश २ को नाम र राजधानी

अर्थ राजनीति  ~  प्रदेश स्थापना भएको झन्डै चार वर्षपछि प्रदेश २ ले नाम र स्थायी राजधानी पाएको छ । सोमबारको प्रदेश सभा बैठकमा “मधेस” नाम र “जनकपुरधाम” राजधानी रहने प्रस्ताव दुईतिहाइ बहुमतले पारित भयो । प्रदेशको नाम ‘मधेस’ राख्ने प्रस्तावमा ८० सांसदले पक्षमा मतदान गरे । यसैगरी, स्थायी राजधानी जनकपुरधाम रहने प्रस्तावमा ७८ सांसदले पक्षमा मत दिए । सभामुखसहित […]