गौतमबुद्ध विमानस्थल परीक्षण उडानको प्रतिक्षामा

Machchapuchchre

अर्थ राजनीति  ~  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्यालिब्रेसन फ्लाइट (परीक्षण उडान) का लागि तयार भएको छ । पटक–पटक म्याद थप्दै यसअघि सन् २०२० को शुरुमा नियमित उडान गर्ने भनिएको यो विमानस्थलमा कोरोना महामारीका कारण उपकरण जडानमा ढिलाई भएकाले परीक्षण उडानमा ढिलाइ भएको हो । तर अहिले सबै उपकरणहरु जडान भइसकेकाले परीक्षण उडानका लागि तयारी अवस्थामा रहेको राष्ट्रिय गौरवको आयोजनाका उपनिर्देशक प्रवीण न्यौपानेले बताए । मौसममा सुधार भएपछि परीक्षण उडान थालिने र नेपाली नयाँ वर्ष वैशाखदेखि नियमित उडानको तयारी भएको न्यौपानेले बताए । ‘सबै उपकरणहरु जडान भइसकेका छन, कम्तीमा ६ देखि ८ घण्टा मौसम सफा भयो भने परीक्षण उडान गर्छौं’– न्यौपानेले भने–‘परीक्षणपछि नियमित उडानका लागि अष्ट्रियाको भियना र एरो थाइका प्रविधिकहरुले उपकरण सञ्चालनसम्बन्धी तालिम दिन पनि शुरु भइसकेको छ ।’ ६० मिटर चौडाई र ३ किलोमिटर धावन मार्ग, १९ सय मिटरको ट्याक्सी वे रहेको विमानस्थलमा ५ वटा वाइड बोडी जहाज पार्किङ गर्न सकिने छ । अहिलेको टर्मिनल भवन ४५ सय जना यात्रु क्षमताको रहेको छ । अन्तर्राष्ट्रिय विमानस्थल संचालनका लागि १ सय ५१ जना कर्मचारीको दरबन्दी पनि स्वीकृति भएको छ । सन् २०१५ जनवरी १५ ( २०७१ साल माघ १ गते ) विमानस्थल निर्माणको शिलान्यास हुँदा २०१७ डिसेम्बरमा निर्माण सक्ने लक्ष्य थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्