सर्वोच्च अदालतको फुलकाेर्ट : सबै न्यायाधीश आ–आफ्नै च्याम्बरमा

Machchapuchchre

अर्थ राजनीति  ~  सर्वोच्च अदालतको फुलकोर्ट  सम्पन्न भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा बसेको बैठकमा अन्य न्यायाधीशहरु आ–आफ्नै च्याम्बरमा रहेर सहभागी भएका थिए । फुलकोर्ट संयुक्त रुपमा बस्ने परम्परा रहे पनि यस पटक प्रधानन्यायाधीशसहित सबै न्यायाधीश आ–आफ्नै च्याम्बरमा रहेर बैठक बसेको हो । बैठकका एजेण्डा सुरु मै तय भइसकेको र ती एजेण्डामाथि सबैको सहमति रहेकाले न्यायाधीशहरु छुट्टाछुट्टै रुपमा रहेर पनि बैठक सम्पन्न भएको थियो । बैठकका एजेण्डामाथि सबैले सहमति जनाएपछि प्रधानन्यायाधीशले हस्ताक्षर गरेको र अन्य न्यायाधीशले पनि हस्ताक्षर गर्ने क्रम जारी रहेको स्रोतको भनाइ छ । फुलकोर्टले कोरोना महामारीको बढ्दो प्रभावलाई ध्यानमा राख्दै आफ्नो सेवामा संकुचन गर्ने निर्णय गरेको छ । यस्तै, स्थानीयस्तरको अवस्था हेरेर जिल्ला र उच्च अदालतले यसबारे आफै निर्णय गर्न सक्ने गरी फुलकोर्टले अख्तियारी दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्