उपत्यकामा आजदेखि स्मार्ट लकडाउन लागू

Machchapuchchre

अर्थ राजनीति  ~  काठमाडौं उपत्यकामा गएरातीदेखि ‘स्मार्ट लकडाउन’ लागू भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले उस्तै प्रकृतिको आदेश जारी गर्दै स्मार्ट लकडाउन लागू गरेका हुन् । नयाँ आदेश अनुसार माघ मसान्तसम्म आमसभा, जुलुस, सभा, भेलालगायतका गतिविधि गर्न पाइने छैन । यस्तै गोष्टी, सेमिनार, समीक्षा, बैठक जस्ता क्रियाकलापहरू सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्नुपर्ने छ । भौतिक रुपमा उपस्थित भइ गर्नुपर्ने कार्यका लागि २५ जनासम्म मात्र सहभागी हुन प्रशासनले भनेको छ । सिनेमा हल, डान्सबार, दोहोरी साँझ, नाचघर, क्लब हेल्थ क्लब, जिमखाना, स्विमिङ पुल लगायतमा माघ १५ गतेसम्म बन्द गर्ने निर्णय प्रशासनले यस अघि नै गरेको छ । धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी माघ मसान्तसम्म नित्य पूरा, ध्यान र प्रार्थना मात्र गर्ने गराउने पनि प्रशासनको आदेशमा भनिएको छ । सार्वजनिक स्थलमा माघ ७ देखि अनिवार्य खोप कार्ड देखाउनु पर्ने छ भने सार्वजनिक यातायातमा सिट क्षमता भन्दा बढी यात्रु राख्न पाइने छैन ।

 

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्