राष्ट्र बैंकले मर्जरका लागि सैद्धान्तिक सहमति दियो इन्भेष्टमेन्ट र मेगा बैंकलाई

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले एक आपसमा गाभिनका लागि सैद्धान्तिकका सहमति दिएको छ । राष्ट्र बैंकले बिहिबार एक सूचना मार्फत नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकलाई  सैद्धान्तिक स्वीकृति दिएको पत्र जनाएकाे  हो । बैंकबाट सैद्धान्तिक स्वीकृति पाएको पत्र पाएपछि दुबै बैंकले मर्जर प्रक्रियाका लागि सम्पत्ति र दायित्वको मूल्यांकन ड्यू डेलिजेन्ट अडिट (डीडीए) का लागि बाटो खुलेको […]

दुई दिन रोकिएको माओवादी केन्द्रीय कमिटी बैठक सुरू भयो

अर्थ राजनीति  ~ नेकपा माओवादी केन्द्रको समिति बैठक सुरू भएको छ। मंगलबार र बुधबार स्थगित भएको बैठक आज प्रज्ञा भवन कमलादीमा सुरू भएको हो। अध्यक्ष प्रचण्ड’ले असार १९ र २० गते केन्द्रीय सदस्यहरूले राखेका जिज्ञासा र धारणाहरूमाथि केन्द्रित रहेर जवाफ दिनेछन्। प्रचण्डले सकेसम्म सहमतिमै पदाधिकारी चयन गर्ने बताइरहेका छन्। उनले आफूले प्रस्ताव गरेका नाममा मतदानमा […]

माओवादीले एमालेसँग बजेटमाथि उठेका प्रश्नकाे छलफल गर्ने

अर्थ राजनीति  ~ नेकपा माओवादीको पूर्वस्थायी कमिटी नेताहरुको आज (बुधबार) बसेको बैठकले बजेटमाथि उठेका प्रश्नकाे एमालेसँग छलफल गरेर अगाडि बढ्ने निर्णय गरेको हो । साेही विषयमा छानबिन गर्न संसदीय समिति बनाउन सकिने भएपनि त्यसका लागि संसद बैठकमा अर्थमन्त्री शर्माले आफ्ना कुरा राख्न पाउनुपर्ने माओवादीको तर्क छ । संसदमा बजेट पेश गर्नुभन्दा अघिल्लो दिन अनाधिकृत व्यक्तिलाई […]

अवैध लागूऔषधसहित पाँच जना पक्राउ

अर्थ राजनीति  ~  कैलाली, झापा र पर्साबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा प्रेमलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी  धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेल नजिकबाट ८ ग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गोदावरी […]

प्रतिनिधि सभामा बैठक अझै सुरू भएन

अर्थ राजनीति  ~ प्रतिनिधि सभाको बैठक अझै सुरू हुन सकेको छैन् । बजेट निर्माणका सवालमा प्रमुख प्रतिपक्षले प्रश्न उठाएपछि अर्थमन्त्री शर्माले बुधबार बस्ने संसद बैठकमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्मालाई रोष्ट्रममा बोल्न नदिने जनाएको छ । एमालेले बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नता रहेको भन्दै […]

र्मन्त्री शर्मामाथि छानबिन संसदीय समिति बन्ने

अर्थ राजनीति  ~प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार आजै संसदीय समिति बनाउने तयारी छ। २०७९/०८० को बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करका दर तलमाथि गरेको शर्मामाथि आरोप छ। ती आरोपबारे छानबिन गर्न समिति बन्न लागेको हो। बुधबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा भएको माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकमा शर्माले […]

पदाधिकारीमा मतदान नगरौं, सहमति खोजौं प्रचण्डको प्रस्ताव

अर्थ राजनीति  ~पुष्पकल दाहाल प्रचण्डले मतदान नगर्ने शर्तमा पदाधिकारी टुंग्याउने प्रस्ताव राखेका छन् । बहुमत सदस्यले पदाधिकारी समेत टुंग्याउनुपर्ने मत राखेपछि अध्यक्ष प्रचण्डले आफूले नाम प्रस्ताव गर्ने र त्यसमा सहमति नभए मतदानमा भने जान नहुने शर्त राखेको एक नेताले जानकारी दिए । पूर्व स्थायी समिति सदस्य गणेश साहले बैठकमा पदाधिकारी, स्थायी समिति र पोलिटब्युरोको नाम प्रस्ताव […]

कसको कारण टाट पल्टिदैछ आयल निगम ?

नेपाल आयल निगमले दैनिक भाउ बढ्दो क्रममा रहेको र इन्धन आयातको घाटा थेग्न नसकिने भन्दै सरकारलाई विभिन्न १० बुँदे सुझाव पेस गरेको छ । निगमले ती १० बुदे सुझावको कार्यान्वयन छिटो नगरिए निगम टाट पल्टने र इन्धन आपूर्ति ठप्प हुने चेतावनीसमेत सरकारलाई दिएको छ । देशमा आर्थिक अराजकता बढ्दो छ, जताततै लुटतन्त्र, कमिसनतन्त्र र भ्रष्टाचार […]

एक सातामा वाणिज्य बैंकहरुको २ अर्ब कर्जा प्रवाह निक्षेप ३४ अर्बले बढ्यो,

अर्थ राजनीति  ~ नेपाल बैंकर्स संघको तथ्यांक अनुसार असार १० गतेसम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप असार १७ गतेसम्म आइपुग्दा ३४ अर्बले बढेर ४४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको हो । काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सामान्य सुधार आएको छ । असार महिनाको पहिलो हप्ताको तुलनामा […]

विचौलियाको घेराबन्दीमा सरकारी कार्यालय

अर्थ राजनीति  ~  जनताको अत्याधिक भीड लाग्ने र बढी काम पर्ने सरकारी कार्यालय विचौलियाको घेराबन्दीमा रहने क्रम बढेको छ । कतिपय सरकारी कार्यालयमा विचौलियाबिना काम नै हुँदैन । विचौलियाले सरकारी अधिकारीलाई विभिन्न प्रलोभनमा पारी सेवाग्राहीको काम फटाफट गराउने गरेका छन् । सर्वसाधारण सेवाग्राहीले कुनै विशेष काम लिएर सरकारी कार्यालयमा आउँदा कार्यालयका कर्मचारीले ‘यो पुगेन र […]