मेगा बैंकको म्याजिक मुद्दती योजना सार्वजनिक

Machchapuchchre
अर्थ राजनीति  ~   मेगा बैंकले ६ गुणासम्म प्रतिफल दिने ‘मेगा म्याजिक मुद्दती योजना’ सार्वजनिक गरेको छ । बैंकको यो म्याजिक मुद्दती निक्षेप योजनामा व्यक्तिगत तथा रेमिट्यान्स मुद्दती खाता खोल्ने ग्राहकहरूले १ लाख रुपैयाँदेखि माथि र संस्थागत मुद्दती खाता खोल्ने ग्राहकहरूले ५ लाख रुपैयाँदेखि माथि रकम जम्मा गरी आफूले रोजेको समयावधि अनुरुप २ गुणादेखि ६ गुणासम्म बढाउन सकिने बैंकले जनाएको छ।

यस योजना अन्तर्गत व्यक्तिगत मुद्दती खाता खोल्ने ग्राहकहरूले ७६ महिनादेखि १९६ महिना भित्रै २ गुणादेखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् भने संस्थागत मुद्दती खाता खोल्ने ग्राहकले ९३ महिनादेखि १८५ महिना भित्रै २ गुणादेखि ४ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन्।

त्यसैगरी, रेमिट्यान्स मुद्दती खाता खोल्ने ग्राहकहरूले ७० महिनादेखि १८० महिनाभित्र २ गुणादेखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउने बैंकले बताएको छ।

आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालयमा गई मुद्दती खाता खोली यस योजनाबाट लाभान्वित हुन बैंकले आग्रह गरेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्