सर्वोच्चमा रहेको माओवादी केन्द्रले पदाधिकारी टुंगो लगाउने सम्भावना

Machchapuchchre

अर्थ राजनीति  ~   माओवादी केन्द्रले पदाधिकारीको नाम टुंगो लगाउन आज स्थायी कमिटीको बैठक बस्दैछ ।

पदाधिकारीको नाम टुंगो लगाउन पार्टी दबाबमा छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बस्ने बैठकमा पार्टी नेतृत्वले प्रस्ताव गरेको नाममा केन्द्रित हुनेछ ।

माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र अन्य पदाधिकारीको नाम टुंगो लगाउने तयारी भइरहेको छ ।

पार्टीले बुधबार ४१ स्थायी समिति सदस्यको नाम प्रस्ताव गरेको हो ।

पार्टी कार्यालयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी सदस्यको नाम प्रस्ताव गर्दै नामावली सार्वजनिक गरेका हुन् ।

जसमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, जनार्दन शर्मा, पम्फा भुसाल, गणेश साह र गिरिराजमणि पोखरेलको नाम समावेश छ ।

त्यस्तै अन्य सदस्यमा हरिबोल गजुरेल, शक्ति बस्नेत, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, मातृका यादव, लीलामणि पोखरेल र हितमान शाक्य रहेका छन् ।

अन्यमा हितराज पाण्डे, राम कार्की, यशोदा सुवेदी गुरुङ, अमृता थापा, कालीबहादुर मल्ल, खगराज भट्ट र कमला रोक्का रहेका छन् ।

त्यसैगरी रेखा शर्मा, उर्मिला अर्याल, जयपुरी घर्ती, ओनसरी घर्ती, शशी श्रेष्ठ, पूर्णकुमारी सुवेदी, अञ्जना विसंखे, श्रीराम ढकाल, हक्किमुल्लाह खान, महेश्वर गहतराज, नारायण दाहाल, विश्वनाथ शाह, सत्य पहारी, दीनानाथ शर्मा, डिलाराम ए. , बामदेव क्षेत्री र कुलप्रसाद केसी।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्