माओवादी केन्द्र र एकीकृत समाजवादी चुनावपछि एकता हुन्छ : झलनाथ खनाल

Machchapuchchre

अर्थ राजनीति  ~एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल/फाइल तस्बिर

काठमाडौं : एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले मंसिर १० गते हुने निर्वाचनपछि माओवादी केन्द्र र आफ्नो पार्टी एकता हुने बताएका छन् ।

अहिलेको लागि पार्टी चुनावसम्म काम गठबन्धनमा रहेको र त्यसपछि नेकपा (माओवादी केन्द्र)सँग एकता हुने उनले बताए ।

उनले आफ्नो पार्टी नीति, सिद्धान्त र विचारका हिसाबले माओवादी केन्द्रको नजिक रहेको भन्दै एकताको बाटो खुलेको पनि तर्क गरे ।

उनले नेपालमा बलियो कम्युनिष्ट पार्टी निर्माणका लागि सबै कम्युनिष्ट पार्टीबीच एकता आवश्यक रहेकोमा जोड दिए ।

उनका अनुसार आगामी मंसिर २० गते हुने निर्वाचनका लागि सत्तारुढ गठबन्धनले सिट बाँडफाँडको टुंगो लगाउन कार्यदल बनाएको छ, जसले केही दिनभित्रै अन्तिम निर्णय गर्नेछ ।

अहिलेको पाँचदलीय गठबन्धन निर्वाचनसम्म कायम रहने बताउँदै उनले गत निर्वाचनमा कम्युनिष्ट पार्टीले कुल मतको झण्डै दुई तिहाइ मत पाए पनि आन्तरिक कलहका कारण कम्युनिष्ट पार्टीबीचको एकता असफल भएको स्मरण गराए ।

मंसिर २० गते हुने निर्वाचनमा एउटै घोषणापत्र ल्याउन दुवै दल सहमत भएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार सहमति भएको छ ।

संयुक्त समाजवादीले माओवादी केन्द्रसँग एकता गर्न समिति गठन गरिसकेको छ ।

त्यसैगरी प्रचण्डले नेपाल कम्युनिष्ट शक्तिलाई एकताबद्ध गराउने प्रयास गरिरहेका छन् र त्यस क्रममा डा बाबुराम भट्टराईलाई पनि आफ्नो पक्षमा ल्याएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्