सरकारले विप्लव नेतृत्वको नेकपासँग गरेको सहमति कार्यान्वयन गर्ने भएको छ

Machchapuchchre

अर्थ राजनीति  ~

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग भएको सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले तत्कालीन सरकारले पार्टीसँग गरेको तीनबुँदे सहमति कार्यान्वयनको चरणमा रहेको बताए ।

वार्ता र संवादबाटै राजनीतिक समस्या समाधान गर्ने नीतिअनुरुप सरकारका मातहतका निकायले सहमति कार्यान्वयनका लागि काम गरिरहेका छन् ।

पक्राउ परेका नेताहरुलाई रिहा गर्ने र संविधान र कानुनबमोजिम मुद्दा फिर्ता गर्ने प्रक्रिया पनि अघि बढेको उनले बताए ।

‘सम्झौता कार्यान्वयन गर्न गृह मन्त्रालय, कानून मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालय सबै मिलेर काम गरिरहेका छन्,’ गृहमन्त्रीले भने ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्