अध्यादेशका कारण घेराबन्दीमा प्रधानमन्त्री देउवा

अर्थ राजनीति  ~  नेपाली कांग्रेस नेतृत्त्वका वर्तमान सरकार आफ्नै पार्टी र गठबन्धनभित्रै घेराबन्दीमा परेको छ। व्यक्ति हत्याको अभियोगमा थुनामा रहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलगायतलाई आम माफी दिनेगरी अध्यादेशमार्फत कानून संशोधन गर्ने निर्णय गरेसँगै पार्टी भित्रबाटै घेराबन्दीमा परेको हो । निर्वाचनलगत्तै सरकारले ल्याउन लागेको उक्त अध्यादेश राष्ट्रपतिसमक्ष पेस भइसकेको छ । प्रतिपक्षी दल नेकपा […]

काभ्रे बस दुर्घटना : मृतक १३ जनाको पहिचान खुल्यो

अर्थ राजनीति  ~  काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलाल गणेस्थानमा मङ्गलबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाएका १८ मध्ये १३ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार मृत्यु हुनेमा बनेपा नगरपालिका–११ की ७९ वर्षीय निर्मला तामाङ, ११ वर्षीय योगेश तामाङ, ५० वर्षीय अंकुर तामाङ, ४३ वर्षीया हेमा तामाङ, १० वर्षीय  पुष्कर […]

ललिता निवास काण्डमा पुनः छानबिन गर्दै सीआईबी

अर्थ राजनीति  ~  ललिता निवासको सरकारी जग्गा हिनामिनाबारे प्रतिवेदन तयार पारी जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदन फिर्ता भएको एक वर्षपछि केन्द्रीय अनुसन्धान ब्युरोले पुनः अनुसन्धान सुरु गरेको छ । करिब तीन वर्ष लगाएर तयार पारिएको अनुसन्धान प्रतिवेदन सीआईबीले २०७८ पुस २२ गते जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो । सीआईबीको सो अनुसन्धान प्रतिवेदन […]

गठबन्धनमा हिस्सेदारी खोज्दै लोसपा

अर्थ राजनीति  ~  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सत्ता गठबन्धनमा आफ्नो हिस्सेदारी खोजेको छ। लोसपाका शीर्ष नेताको छलफलले आफू पनि सत्ता गठबन्धनको एउटा दल भएकोले सरकार निर्माणका बैठकमा सहभागी गराउनुपर्ने निश्कर्ष निकालेको छ। ‘चुनावअघि हामीले सत्ता गठबन्धनसँग सहकार्य गरेको हो। त्यतिबेलै चुनावपछि पनि सँगै जाने भनेर भनिएको थियो,’ लोसपा वरिष्ठ नेता शरतसिंह भण्डारीले  भने, ‘यसबारेमा […]

चौधरीलाई छुटाउन अध्यादेश ल्याउन खोजिएको भन्दै जनमोर्चाको विरोध

अर्थ राजनीति  ~  नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई जेलमुक्त गर्न सरकारले फौजदारी कार्यविधि संहितामा परिवर्तन गर्न अध्यादेश ल्याउन लागिएको भन्दै राष्ट्रिय जनमोर्चाले विरोध जनाएको छ । नयाँ सरकार गठनमा बहुमत पुर्याउने उद्देश्यले चौधरीलाई जेलमुक्त गर्न खोजिएको भन्दै जनमोर्चाले आफ्नो राजनीतिक उद्देश्य पूरा गर्न अपराध वा अपराधीलाई प्रयोग गर्ने कार्यले दण्डहीनता बढ्ने उल्लेख गरेको छ […]

समानुपातिकको सूची सच्याउन एमालेलाई फेरि दोस्रो पत्र

अर्थ राजनीति  ~  निर्वाचन आयोगले नेकपा एमालेलाई समानुपातिकतर्फको सूची सच्याउन आज पुनः पत्र पठाउने भएको छ । मंसिर २४ गते समानुपातिकतर्फको बन्दसूचीको उम्मेदवार छनोट गरी एमालेले पठाएको सूची त्रुटिपूर्ण रहेको भन्दै दुई दिनको समयसीमा दिएर सच्याउन पत्राचार गरेकोमा सोमबार एमालेले पुनः त्यही सूची पठाएपछि आयोगले आज दोस्रो पटक पत्राचार गर्न लागेको हो । आयोगले एमालेले […]

महाभियोग लागेका प्रधानन्यायाधीश जबरा अनिवार्य अवकाशमा

अर्थ राजनीति  ~  सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आजदेखि अनिवार्य अवकाश पाएका छन् ।नियुक्त भएदेखि नै विवादै विवादमा तानिएका जबरा ६५ वर्षे उमेरहदका कारण आजबाट अनिवार्य अवकाशमा जान लागेका हुन् । झन्डै चार वर्षको कार्यकालमा जबराले १० महिना निलम्बित अवस्थामै रहे । कार्यकालको अन्तिम वर्षमा उनले महाभियोगको सामना गर्नुपर्‍यो । निवृत्त हुँदा पनि जबराले […]

बालकोटमा ओली र अर्जुननरसिंह केसीबीच छलफल

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन्। ओली निवास बालकोटमा आइतबार बेलुकी केसी र ओलीबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको हो। उनीहरूबीच करिब दुई घन्टा कुराकानी भएको केसीको सचिवालयले जानकारी दिएको छ। भेटवार्तामा ओलीले नयाँ सरकार गठनबारे चासो राखेका थिए। ओलीको निमन्त्रणामा केसी बालकोट पुगेका […]

रेशम छुटाउने अध्यादेशप्रति महामन्त्री शर्माको आपत्ति

अर्थ राजनीति  ~  रेशम चौधरी लगायत राजनीतिक कारणबाट जेलजीवन काटिरहेकाहरूलाई छुटाउनका लागि सरकारले अध्यादेश जारी गर्ने निर्णयको सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् । शर्माले सामाजिक सञ्जाल मार्फत आपत्ति जनाउदै अध्यादेशबारे दलभित्र तथा पार्टीहरूबीच छलफल नभएकोमा र सरकारको कदमप्रति असहमति जनाएका हुन् ।शर्माले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सडकमा छँदा जे सत्य, […]

आजबाट हट्यो निर्वाचन आचारसंहिता

अर्थ राजनीति  ~  निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी लागू गरेको निर्वाचन आचारसंहिता हटाएको छ । आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भई मतपरिणाम सार्वजनिक भइसकेको हुँदा सोमबारदेखि लागु हुने गरी निर्वाचन आचारसंहिता हटाउने निर्णय भएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। ‘गत साउन १९ गते नेपाल सरकार […]