” सरकार ढाल्ने प्रयास भइरहेको छ ” : अध्यक्ष ओली

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकार ढाल्ने प्रयास भइरहेको बताएका छन् ।आज ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले कांग्रेसप्रति संकेत गर्दै सरकारमा नहुनेको ध्यान सरकार ढाल्नेतर्फ गइरहेको बताएका हुन् ।अध्यक्ष ओलीले मुलुकको राजनीतिलाई ठिक बाटोमा अघि बढाउन आफूहरुले कोसिस गरिरहेको बताउदै उनले भने, ‘अब सरकारको पनि ध्यान कता जाओस् कता नजाओस् । सरकारमा हुनेको ध्यान टिक्नेमा हुन्छ । सरकारमा नहुनेको ध्यान ढाल्नेमा हुन्छ । देशतिर कसले ध्यान दिने ? यो खालको अवस्थाबाट चाहीँ हामीहरु अलि माथि उठेर साँच्चैको एउटा डेमोक्रेटिक इक्सरसाइज गर्ने र स्वस्थ तरिकाले चल्ने हो भने समाजलाई मद्दत पुर्याउन सकिन्छ । त्यस काममा यहाँहरुको भन्दा जिम्मेवारी बढि हाम्रो छ । त्यसकारण हामी त्यसलाई सच्याउने कोसिसमा छौं । हामी त्यसलाई ठिक बाटोमा लैजाने कोसिसमा छौं । र, आयुर्वेदको महत्वको हामीले बुझ्न चाहेका छौं । राजनीतिक क्षेत्रले पनि आयुर्वेदको महत्व बुझ्न चाहेको छ । यति कुरा म साथीलाई भन्न चाहन्छु ।’उनले देश विकास, संक्रमणकालीन न्यायलाई कसरी टुंगोमा पु¥याउने भन्नेलगायत विषयमा कांग्रेसको महाधिवेशनमा कुरा नउठाइएको बताए । “कांग्रेसमा त छलफल नै भएन । केही कुरा उठेन । खाली पदाधिकारी छान्ने,” ओलीले भने । कांग्रेसले नीति महाधिवेशनमा जान नचाहेको उनको भनाइ छ । कांग्रेसमा आफूलाई सचेत भन्ने वर्गले समेत आफ्नो विचार प्रकट गर्न नसक्ने जिकिर उनले गरे । देशको बारेमा सोचे त्यसको फाइदा वामपन्थीले लिन्छन् भन्ने पीर कांग्रेसका नेता–कार्यकर्तालाई हुने गरेको उनले बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्