काठमाडौं महानगरपालिकाले मापदण्डविपरीतका ९ हजार बोर्ड हटायो

Machchapuchchre

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाले ९ हजार अनधिकृत परिचय पाटी (बोर्ड) हटाएको छ। महानगरपालिकाले शुल्क नबुझाएका र तोकिएको आकारभन्दा ठूलो साइजका परिचय पाटी हटाएको हो। महानगरले असोज ७ गते मापदण्ड बमोजिम राख्न सकिने पाटीको आकार र त्यसमा लाग्ने वार्षिक शुल्कसमेत उल्लेख गर्दै ३० दिने सार्वजनिक सूचना जारी भएको थियो। महानगरले सूचनामा मापदण्डमा आउन सक्ने बोर्डलाई दायरामा ल्याउन र मापदण्डभित्र नपर्ने बोर्ड आफैं व्यवस्थापन गर्न व्यवसायीलाई अनुरोध गरेको थियो। तोकिएको समय सकिएपछि कात्तिक २७ गतेबाट अनधिकृत बोर्ड तथा पाटी हटाउन थालिएको थियो। यससँगै भित्तेलेखन, अनधिकृत पर्चा, पम्प्लेट र पोस्टर हटाउने काम भइरहेको महानगरले जनाएको छ। महानगरको आर्थिक ऐन २०७९ बमोजिम ६ वर्गफिटसम्मको परिचय पाटीको वार्षिक शुल्क ५ सय रुपैयाँ छ। १५ वर्गफिटसम्मको शुल्क १ हजार ५ सय रुपैयाँ तोकिएको छ। १५ वर्गफिटदेखि ३० वर्गफिटसम्मका परिचय पाटीको प्रति वर्गफिट १ हजार रुपैयाँ थप शुल्क तिर्नुपर्ने महानगरले जनाएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्