गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन

Machchapuchchre

अर्थ राजनीति  ~ धनुषाको जनकपुरधाममा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन भएकाे छ । भारत गएका दुई जना युवाको अपहरणपछि हत्या भएपछि सोमबार बिहान मृतकका आफन्त तथा स्थानीयले गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेका हुन् ।आन्दोलित मृतकका परिवारजन र स्थानीयले आइतबार जनकपुरधाम उपमहानगरपालिका-९ पिडारी चोकमा प्रदर्शन गरी चक्काजाम गरेका हुन्। मृतकका आफन्त र स्थानीयहरुले आफूले मृत्यु हुनभन्दा पहिला नै प्रहरीलाई खबर गरेपनि प्रहरी प्रशासनले आवश्यक चासो नदिएको भन्दै विरोध जनाएका हुन् ।१४ दिन अगाडिदेखि सम्पर्कविहीन भएका जनकपुरधाम उपमहानगरपालिका वडा नं ८ का २१ वर्षका रोहित साह र वडा नं. १३ निवासी वर्ष २२ का विष्णु साहको अपहरणपति भारतमा हत्या भएको थियो । मृतक दुवैजना एकै परिवारका हुन् । रोहित विष्णुलाई लिएर भारतको सीतामढी जिल्लाको बेला परिहार बस्ने आफ्नो नातेदारको घर गएका बेलामा अपहरणकारीले अपहरण गरी परिवारसँग फिरौतीको माग गरेका थिए । तर फिरौतीको रकम बढाउँदै गएपछि प्रहरीलाई खबर गरेपछि भारतीय सीमा गाउँमा उनीहरु दुवैको हत्या भएको थियो । गत सोमबारसम्म विष्णुका परिवारलाई फिरौतीको मागसहित भारतीय नम्बरबाट फोन आइरहेको र शुरुमा २० लाख मागेको अपहरणकारी विष्णुसँग कुरा नगराएपनि उनको आवाज रेकर्ड गरेर उनका आफन्तलाई सुनाउने गरेका आफन्तहरुले बताएका छन् । विष्णुको परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएपछि परिवारले प्रहरीलाई जानकारी गराएको थियो । मंगलबारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेपछि आफन्तहरुले प्रहरीमा खबर गरेका थिए । मृतकका मामाले प्रहरीलाई पहिला नै हराएको र अपहरणमा परेको रिपोर्ट दिएपनि प्रहरीले नै चासो नदिएको आरोप लगाउनुभयो । उहाँले जिल्ला प्रहरी कार्यालय धनुषाको लापरबाहीका कारण आफन्तले ज्यान गुमाउनुपरेको बताउनुभयो । विरोध प्रदर्शनमा उनीहरुले मृतकलाई न्याय दे, गृहमन्त्री राजिनामा दे जस्ता नारा लगाएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्