दुई विकास बैंकले छ महिनामा पारे निराश

Machchapuchchre

अर्थ राजनीति  ~  हाल (माघ १० गते) सम्म १४ वटा विकास बैंकहरुले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । १४ विकास बैंकहरुमध्ये दुई वटा नोक्सानीमा जाँदा ६ वटा विकास बैंकको नाफा बढेको छ भने ६ विकास बैंकको नाफा घटेको छ । दोस्रो त्रैमाससम्ममा मुक्तिनाथ विकास बैंकले ६२ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । त्यस्तै, गरिमा विकास बैंकले ५० करोड २१ लाख, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ४२ करोड ९६ लाख, महालक्ष्मी विकास बैंकले ३१ करोड ६० लाख, लुम्बिनी विकास बैंकले २६ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ । कामना सेवा विकास बैंकले १९ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाउँदा साङ्ग्रिला डेभलपमेन्ट बैंकले १६ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अवधिमा मितेरी डेभलपमेन्ट बैंकले ५ करोड ९० लाख नाफा कमाएको छ भने ज्योति विकास बैंकले ३ करोड ४७ लाख रुपैयाँ मात्र नाफा कमाएको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्म कर्णाली डेभलपमेन्ट बैंकले एक करोड ६३ लाख, कर्पोरेट डेभलपमेन्ट बैंकले एक करोड १७ लाख र ग्रिन डेभलपमेन्ट बैंकले २८ लाख २९ हजार रुपैयाँको खुद नाफा कमाएको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा दुई विकास बैंकहरु नोक्सानीमा गएका छन् । यस अवधिमा नोक्सानी व्यहोर्नेमा नारायणी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंक हुन् । नारायणी डेभलपमेन्ट बैंकले यस अवधिमा एक करोड ६६ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ भने सिन्धु विकास बैंक बैंकले एक करोड ८७ लाख रुपैयाँ नोक्सानी व्यहोरेको सो बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्