सरकार गठन गर्न साना दल फकाउँदै एमाले

अर्थ राजनीति  ~  आगामी सरकार गठनबारे नेकपा (एमाले) ले पनि आन्तरिक छलफल गरिरहेको छ । निर्वाचनको मतपरिणाम सार्वजनिक भइसकेपछि राजनीतिक दल आगामी सरकार गठनका लागि भेटघाट एवं छलफललाई तीव्रता दिएका छन् । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरूङसँग चार दिनअघि छलफल गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग भेटघाट […]

“नेपालको सरकार दिल्लीले बनाउँछ, प्रदेश खारेज गर “: अध्यक्ष विजुक्छें

अर्थ राजनीति  ~  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेंले नेपालको प्रधानमन्त्री कसलाई बनाउने भनेर दिल्लीबाट आउने बताएका छन् । अध्यक्ष बिजुक्छेंले नेपालको राजधानी काठमाडौं नभई दिल्ली भइरहेको बताए । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको शनिबार भएको नयाँ भवन उद्घाटन कार्यक्रममा उनले स्थानीय निकायलाई स्वायत्तता र विकेन्द्रिकरणको अधिकार दिने हो भने प्रदेश […]

उपसभापति धनराज : “संसदीय दलको नेतामा मै पो उपयुक्त हुन्छु जस्तो भइसक्यो”

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सत्तापनइतर पक्षलाई एकीकृत राख्न आफू संसदीय दलको नेताका लागि अगाडि आउनुपर्ने अवस्था आएको जिकिर गरेका छन् । संसदीय दलको नेतामा नेता शेखर कोइराला र महामन्त्री गगन थापाले एक अर्कालाई समर्थन गर्ने सङ्केत नदेखिएपछि गुरुङले यस्तो बताएका हुन् । ‘दुई जनालाई मिलाउन संसदीय दलको नेताको उम्मेदवार बन्न मै […]

पोखराबाट पहिलो उडान भर्न एयरलाइन्सको चासो

अर्थ राजनीति  ~  पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अंग्रेजी नयाँ वर्षबाट सञ्चालनमा आउँदैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । नागरिक उड्ययन प्राधिकरण कार्यक्रमको तयारीमा जुटिसकेको छ । तर, अहिलेसम्म विमानस्थलबाट कुन जहाजले पहिलो उडान भर्ने भन्ने निर्णय भएको छैन । यद्यपी विभिन्न कम्पनीले पहिलो उडानमा चासो देखाएका छन् । नेपाली र […]

आज देखि प्रदूषण जाँच नगरी सञ्चालन गरे सवारीसाधनलाई एकलाख जरिवाना

अर्थ राजनीति  ~  वन तथा वातावरण विभागले आज पुस १ गतेदेखि प्रदूषण जाँच नगरी तोकिएको मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई रु एक लाख जारिवाना गर्ने भएको छ ।विभागले गत मङ्सिर २२ गते एक सूचना प्रकाशित गरी वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुवाँ र खुलारूपमा जलाउने फोहर रहेको भन्दै प्रदूषण जाँच गरी तोकिएको मापदण्ड […]

सरकार गठनमा संवैधानिक अस्पष्टता

अर्थ राजनीति  ~  निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएसँगै प्रमुख दलहरूको ध्यान नयाँ सरकार गठनमा केन्द्रित भएको छ ।निर्वाचन आयोगले बिहीबार राष्ट्रपति भण्डारीलाई निर्वाचन प्रतिवेदन बुझाएको हो । संविधानले निर्वाचनपछि नयाँ सरकार गठन प्रक्रिया कसरी अघि बढाउने भन्ने स्पष्ट व्यवस्था गरेको छैन ।२०७४ सालको निर्वाचनमा […]

वामपन्थी सरकार बनाउन एमाले तयार, माओवादी सशंकित

अर्थ राजनीति  ~  मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावपछि पानी बाराबारको अवस्थामा रहेका दुई ठूला कम्युनिस्ट पार्टीहरू पुनः भेटघाट, वार्ता र संवादमा जुटेका छन् ।मंगलबार राति साढे १० बजे माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ एमाले अध्यक्षको निवास बालकोट गएर २ घण्टा छलफल गरे । मंसिर १९ गते एमाले सचिव रघुवीर महासेठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल […]

राष्ट्रपतिलाई आज चुनावी नतिजाको प्रतिवेदन बुझाउँदै आयोग

अर्थ राजनीति  ~  निर्वाचन आयोगले आमनिर्वाचनको नतिजाको प्रतिवेदन आज बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ । प्रतिनिधिसभाको नतिजाको प्रतिवेदन राष्ट्रपति र प्रदेशसभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधान छ । सोही अनुसार आज राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन प्रस्तुत गरिने आयोगले जनाएको छ । प्रदेशसभाको प्रतिवेदन भने २ पुसमा मात्र प्रदेश प्रमुखहरूसमक्ष आयोगका पदाधिकारीबाट […]

काठमाडौं महानगरले आज स्थापना दिवस मनाउँदै

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाले आज २८औँ महानगर दिवस मनाउँदैछ। महानगर दिवसको अवसरमा महानगरपालिकाले आज वसन्तपुरमा मुल समारोह कार्यक्रम आयोजना गर्न लागेको हो । २०५२ साल मंसिर २९ गते काठमाडौं महानगरपालिका घोषणा भएको थियो । त्यही दिनको सम्झनामा  महानगरपालिकाले हरेक वर्ष विभिन्न कार्यक्रम गरी महानगर दिवस मनाउँदै आएको छ। दिवसका अवसरमा महानगरले यसवर्ष सप्ताहव्यापी कार्यक्रम […]

“तत्काल अध्यादेश जारी हुने अवस्था छैन ” : राष्ट्रपति कार्यालय

अर्थ राजनीति  ~  सरकारले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ तत्काल जारी नहुने भएको छ ।  टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका  रेशम चौधरीसहितलाई छुटाउन ल्याइएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी हुने सम्भावना कम देखिएको छ । राष्ट्रपति भण्डारीले गत सोमबार वर्तमान शेरबहादुर देउवा सरकारले पठाएको अध्यादेश […]